२६ भाद्र २०८१, बुधबार

गाउँपालिकामै नै नमुना युवा संसद् अभ्यास

Khabarsabaiko सोमबार, बैशाख ०९, २०७६

अर्जुन बोहरा सिमकोट हुम्ला
सिमकोट गाउँपालिकाले नमुना युवा संसद् स्थापना र अभ्यास कार्यक्रमअन्तर्गत सिमकोट गाउँपालिका रहेका माविमा अध्यायन गर्ने युवा विद्यार्थीहरुलाई अभिमुखीकारण कार्यक्रम सम्पन्न गराएको छ । सिमकोट गाउँपालिका उपाध्यक्ष वलि रावतको अध्यक्षतमा र जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतको प्रमुख आथित्यमा युवा संसद गठनको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । नमुना संसद स्थापनाले युवाको नेतृत्व तथा क्षमतामा विकास गर्नुका साथै सीप विकासमा समेत सहयोग पु¥याउने उद्देश्यले यो कार्यक्रम संचालन भएको शिक्षा युवा तथा खेलकुद शाँखा प्रमुख गंगा प्रसाद भटट्टले बताउनु भयो । नेपालको शासन प्रणाली र यसको विकास प्रक्रियाको बारेमा युवाहरुलाई सुसुचित गराउँदै युवामैत्री बनाउन र कार्यक्रम निर्माणका लागि राज्यलाई सुझाव दिने रहेको छ । सत्तापक्ष–प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छन भने उनीहरु संसद् सञ्चालनको अभ्यास समेत गरेका थिए ।
स्थानीय तहमा युवाको सशक्तिकरण तथा सामाजिक, राजनीतिक, शैक्षिक मूल प्रवाहीकरणमा सहभागिता खोज्न यसप्रकारको नमूना कार्यक्रम सञ्चालनमा ल्याएको छ । भविष्यमा नेतृत्वतहमा सक्षम जनशक्ति पुर्याउने लक्ष्यका साथ सञ्चालित कार्यक्रममा २० जान युवा विद्यार्थीहरु सहभागी थिए ।
सिमकोट गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले गाउँपालिकामा रहेका विद्यालयमा अध्यायन गर्ने युवा विद्यार्थीहरु नमूना युवा संसद् स्थापना र सञ्चालनको अभ्यास गराएको शिक्षा शाखा प्रमुख गंगा प्रसाद भट्टले बताउनु भयो । हुम्लाकै सातै वटा गाउँपालिका मध्य पहिलोपटक नमूना युवा संसद गठनको अभ्यास गरिएको हो । सिमकोट गाउँपालिकामा नमुना संसद् गठनका विभिन्न चरणहरु पूरा गरिएको छ । छनोटमा परेका युवालाई नमूना संसद् स्थापना र अभ्यासका लागि नेतृत्व विकास तथा नमुना युवा संसद सञ्चालनसम्बन्धी कार्यशालामार्फत प्रशिक्षित गरिएको समेत गंगा प्रसाद भट्टले जानकारी दिए ।सबै चरण पूरा गरी सोमबार राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चयन, सरकार गठन र प्रति पक्षसमेत तयार गरिएको थिायो ।

यहाँ कमेन्ट गर्नुहोस्