Khabarsabaiko मंगलबार, बैशाख १०, २०७६
अर्जुन बोहरा सिमकोट हुम्ला
हुम्लामा शान्ति सुरक्षा कायम गर्नको लागि पहिलो जिम्मेवारी भएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढंकाले बताउनु भएको छ । पत्रकारले जिल्लामा सुरक्षाको अबस्थाको बारेमा सोधिएको प्रश्नमा प्रजिअ ढुगानले जिल्लामा शान्ति सुरुक्षा र सुशासनको बारेमा आफनो पहिलो दायित्व र जिम्मेवारी भएकोल कुनै पनि हालतमा विचलित नभई सबै संग हातेमालो गरेर अगाडी बढ्ने बताउनुभयो । शान्ति सुरक्षा र अमन चयन कायम, अपराध नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यलयका लागि सबैको सहयोग पुग्ने आशा व्यक्त गर्नु भयो । हुम्लामा पछिल्लो समयको राजनितीक घटनाक्रमले त्येति असर नपारेता पनि जिल्लामा शान्ति सुरक्षाको अनुभुति गरेको देखिन्छ । तर सकारले विप्ल नेतृत्व नेकपाले संचालन गरेका गतिविधीहरु लाई नियन्त्रण लिनुको कारण के छ भनेर सोधिएको प्रश्नमा सरकार मातहतमा रहेको ग्रह मन्त्रालयले निर्देशन भएकोले यो नितन्त राजनितिक बिषय भएकोले सरकारको निर्देशन अनुसार प्रमुख जिल्ला अधिकारीले ढंकाले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी भएर हुम्लामा आय लगतै विभिन्न सरकारी गैरसरकारी कार्यलय प्रमुख,विभिन्न राजनितिक दल ,नागरिक समाज र संचारकर्मि संग जिल्लाको वस्तुस्थितीको बारेमा छलफल गरिसक्नु भएको छ ।