०३ जेठ २०७९, मंगलबार

जिप पल्टिँदा २५ जना खेलाडी घाइते

Khabarsabaiko शनिबार, बैशाख १४, २०७६

खबरसबैको संवददाता कालिकोट
कालिकोट पंचदेवल माध्यामिक विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा हिँडेका लु१च ६४६४ नम्बरको जिप दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
क्षमताभन्दा बढी यात्रु बोकेर कार्यक्रम स्थलतिर जाँदै गर्दा अस्पतालको मोडमा मोड्दै गर्दा एकासी पल्टिएर ५ जना महिला र २० जना पुरुष गरि २५ जना घाइते भएका जिल्ला प्रहरी कार्यलय कालिकोटले जानकारी गराएको छ ।
जिप दुर्घटनामा घाइते भएका २५ जना मध्ये २ जना गम्भीर घाईते भएका जिल्ला ट्राफिक कार्यालय कालिकोटका प्रहरी सहायक निरीक्षक नवराज भट्टल बताउनु भयो ।
घाईते हुनेमा अर्जुन भारती र जयराज पाण्डे लाई थप उपचारका लागि रिफर गरिएको छ । बाँकी २० जना घाइतेहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेका छ ।

यहाँ कमेन्ट गर्नुहोस्