२५ माघ २०८१, शुक्रबार

स्वाथ्य चौकीमा जाँदैनन् सुत्केरी महिला, अहिले सम्मकी एकमात्र सुत्केरी महिला

Khabarsabaiko आइतबार, बैशाख २२, २०७६

अर्जुन बोहरा सिमकोट बैशाख २२ गते
नाम्खा गाउँपालिकामा अहिले सम्मकै पहिलो पटक सुत्केरी वेथा लागेकी महिला स्वाथ्य चौकीमै गएर सुत्केरी भएकी छिन। हुम्लाको उतरी चिनको तिब्बत संग जोडिएको नाम्खा गाउँपालिकामा रहेका गर्भवती महिलाहरु अहिले सम्म स्वाथ्य संस्थामा नगई आफनै घरमा सुत्केरी हुने चलन छ
पटक पटक जिल्ला अष्पताल हुम्ला,गाउँपालिका र अन्य स्वाथ्य संग आवद्ध निकायाहरुले सुत्केरी महिलाहरु स्वाथ्य चौकीमा गएर आफनो गर्भ चेक गराउन स्वाथ्य कर्मिहरुले आग्रह गरे पनि स्वाथ्य चौकीमा गएका छैनन । नाम्खा गाउँपालिका वडा १ देखि ६ सम्मका सुत्केरी महिला तथा अन्य महिला सम्बन्धि समस्या भएमा स्वाथ्य चौकीमा जाँदैनन ।
चार वटा स्वास्थ्य चौकी, ३ वटा सामुदायिक स्वास्थ्य इकाई र पाँच वटा प्रसुति सेवा केन्द्र छन । धेरै बर्षपछि नाम्खा गाउँपालिकाका २ केर्मी गाउँनिवासी २२ वर्षिय गर्भवती पासाङ्ग लामाले भने प्रसुति सेवा केन्द्रमा बच्चा जन्माउन सफल भएकी नाम्खा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले जानकारी दिनुभयो । गएको आर्थिक बर्ष ०७४÷०७५ सालमा नाम्खा गाउँपालिमा रहेका स्वाथ्य चौकीमा नियमित गर्भवती महिलाहरु चेकजाँच गर्न नआउँदा ४ लाखा रुपायँमा फ्रिज गएको थियो ।
सरकारी अस्पतालमा वा नजिकैको स्वाथ्य चौकीमा गएर सुत्केरी सेवा लिने महिलाले पाउने भत्ता यस बर्ष ४लाखा ५२ हजार रुपायँमा गाउँपालिमा आएको छ । तर अहिले सम्मकै गर्भवती महिला मध्ये केर्मि गाउँ निवासी पासाङ्ग लामाले मात्रै स्वाथ्य चौैकीमा गएर गर्भचेक गराएर बच्चा जन्माउन सफल भएकी छन ।
स्वाथ्य चौकीमा गएर गर्भ जाँच गर्नु पर्छ भन्ने चेतना नहुनुले सुरक्षीत रुपमा स्वाथ्य चौकीमा सुत्केरी गराउन महिला छैनन । नाम्खा गाउँपालिका चालु आर्थिक वर्ष बैशाख सम्म एकजान मात्र सुत्केरीलाई प्रोत्साहन भत्ता वितरण गरेको हो । सुविधा प्राप्त गर्न चार पटक अस्पतालमा गई गर्भ जाँच गराएको तथा अस्पतालमै सुत्केरी भएको हुनुपर्ने प्रावधान छ। । हिमाली जिल्लामा नियमित स्वाथ्य संस्थामा गर्भ चेक गराएमा ८सय र सुत्केरी गराएमा ३ हजार रुपायाँ प्रोत्सहान भत्ता दिने गरेको छ ।
यस्तै, सुत्केरी भएको ३५ दिनभित्र जन्मदर्ता गरेको हुनुपर्ने, सुत्केरी भएर २४ घण्टा, तीन दिन र सात दिनभित्र स्वास्थ्य संस्थामा गई जाँच गराएको हुनुपर्ने प्रावधान राखिएको छ। लोक कल्याण संघ नेपालको साझेदारीमा पछिल्लो समय प्रसुति केन्द्रमा दक्ष जनशक्ति, उपकरणको उचीत व्यवस्थापन सँगै पाँचवटै प्रसुति केन्द्रमा तालीम प्राप्त स्वास्थ्यकर्मी र उपकरणको राम्रो व्यवस्था गरेको छ ।
उता गाउँपालिकाले पनि स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने प्रत्येक गर्भवतीरुहलाई आन्तरीक श्रोतबाट पोषण सामाग्री अण्डा, घुयू,तेल, र सरसफाईका सामाग्री साबुन, काईयो, टुथ ब्रस,टुथ पेष्ट, नेल बटर, टाबेल जस्ता सामाग्री उपलब्ध गराउदै आएको स्वाथ्य शाँखा प्रमुख भण्डारीलै बताउनु भयो । केर्मी प्रसुति केन्द्रमा पालिकामा पहिलो पटक सुत्केरी गराउन सफलभएकोमा भन्दै स्वास्थ्कर्मी अनमी गार्मु लामालाई सम्मान गरिएको छ । पहिलो पटक पालिकामा सुत्केरी भए बापत लोक कल्याण संघ नेपालले पाँच हजार रुपैया, बच्चालाई एक जोर लुगा , र गाउँपालिकाले रु तीन हजार सहित सम्मान गरिएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले जानकारी दिनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्