०१ कार्तिक २०७८, सोमबार

स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण

Khabarsabaiko आइतबार, बैशाख २२, २०७६

 राज शाही हुम्ला २२ बैशाख 

हुम्लाको खार्पुनाथ गाउँपालिकाका ४ वटा स्वास्थ्य चौकीलाई १० प्रकारका स्वास्थ्य औजार वितरण गरिएको छ ।  खार्पुनाथ गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरि पिपि सेट, इथेस्कोप, ओइट मेसीन, डिजिटल थर्ममिटर, पिएनटी सेट, डेन्टल सेट, ड्रेसिङ सेट, सिजर, सिटस्कोप थान १।१ सोही गाउँ पालिकाका ४ वटा स्वास्थ्य चौकीका प्रमुख लाइ हस्तान्तरण गरिएको खार्पुनाथ स्वास्थ्य शाखा सम्पर्क व्यक्ति जैमलबहादुर शाहीले बताएका छन् ।

खार्पुनाथ गाउँ पालिका वडा नं ४ का वडा अध्यक्ष लोकजंग हमालको अध्यक्षता र सोही गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत चन्द्रविर शाहीको प्रमुख आतिथ्यमा उक्त सामाग्रि हस्तान्तरण गरिएको सम्पर्क व्यक्ति शाहीले बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्