२७ भाद्र २०८१, बिहिबार

मिल सञ्चालन पछि परम्परागत घट जानबाट मुक्त

Khabarsabaiko सोमबार, जेठ ०६, २०७६

अर्जुन बोहरा सिमकोट हुम्ला

जेष्ठ ६ गते

हुम्लाको ताँजाकोट गाउँपालिका–४ गोठेलबाडाले मिल सञ्चालन आए पछि परम्परगत घटमा जान बाट मुक्त भएका छन । परमपरात घट्ट गएर कुटानी पिसानी गर्दा राति घट्ट जानुपर्ने र त्यसरी जाँदा महिलामाथि बलात्कार लगायतका यौन हिंसा हुने भएकाले पनि वडाले गाउँमै डिजेलबाटै सञ्चालन गर्ने गरी मिल संचालन गरेको वडाध्यक्ष धनलाल जैसीले बताए । दुर्गम गाउँकी महिलाहरु सधै जसो चुलो चौको देखि मेलापात परम्परागत कुटानी पिसानी गर्नु पर्ने भएकोले शारीरिकरुपमा समस्या भोक्दै आएकी छन । बालविवाह र महिला हिंसा न्युनीकरण गर्नका लागि कुटानी पिसानी मिलको सञ्चालन गरेपछि गाउँका महिला शान्तपूर्वक बस्न पाएको गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए । वडाध्यक्ष जैसीले स्थानीय सियाँली खोलामा पानी धेरै नहुदा राति बसेरा घट्ट जानु पर्ने बाध्यतामा अब देखि हटेको छ । वडा नम्बर ४ मा मिलको स्थापना गरेपछि अहिले निकै सुबिधा भएको स्थानीयले बताए । एकान्त खोलाका घट्टमा जाँदा विभिन्न हिंसाका घटनाको डर समेत हटेको वडा नम्बर ४ की जयसरा ढकालले बताइन
महिलामाथि बलात्कार लगायत यौन हिंसा हुने जस्ता समस्यको अन्त्यको लागि वडाले ९ लाखको लागतमा डिजेल आधुनिक कुटानी पिसानी मिल खरिद गरी संचालन गरेको बताए । खोलामा पानी नहुँदा घट्ट पिस्न लामो समय लाग्ने, रातभरी बसेर अन्न पिस्नु पर्ने वाध्यता बाट मुक्त भएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्