१६ चैत्र २०८०, शुक्रबार

आर्थिक श्रोत अभावमा एक वर्ष देखि अंग्रेजी पढाई ठप्प

Khabarsabaiko बुधबार, जेठ ०८, २०७६

खबर सबैको, हुम्ला

नेपालको संविधानमानै माध्यामिक तह सम्म प्रत्येक नागरिक लार्इ निःशुल्क शिक्षा पाउने हक हुनेछ भन्ने व्यावस्था भएपनि, हुम्लाको अदानचुली गाउँपालिका वडा नं. ५ स्थित सल्लाघारी माध्यामिक विद्यायालय २०७५ अषाढ १५  बाट ९ र १० कक्षामा अंग्रेजी विषय पढाई भएको छैन । अगाडीका अंग्रेजी शिक्षक लार्इ तलब खुवाउन नसक्दा अषाढ १५ मा छोडे पछि याे समस्या भएको थापाले जनाए । यो वर्ष पनि नयाँ शैक्षिसत्रको करिब ४ महिना वितिसक्दा पनि कुनै पहलहुन सकेको छैन । विद्यायलय माध्यामिक तह आन्तरिक श्रोत र समुदायले निजि स्तरमा सञ्चालीत २०७५ पछि आर्थिक श्रोत जुटाउन नसक्दा विद्यालयमा अंग्रेजी शिक्षक राख्न नसकेको विद्यालयका प्रध्यानाध्यापक धमेन्द्र थापाले जानकारी दिएका छन् । २०७५ को एस् ई ई दिने विद्यार्थिले विद्यायलयमा अंग्रेजी नपढेर नै परिक्षामा सहभागि हुनु परेको दुख थापाले जनाए ।

निम्न माध्यामिक तहको तिन दरवन्दी भएपनि थप तिन शिक्षक निजिश्रोत बाट तलव भत्ता व्यावस्था गर्नुपरेकाले र विद्यायालयको आर्थिक श्रोतको कुनै पनि माध्यम नहुदा करिव १ वर्ष बाट अंग्रेजी बिषय शिक्षक राख्न नसकेको शिक्षक अभिभाक संघका अध्यक्ष सिंह बोहराले जानकारी दिए ।जसका लागि गाउँपालिका संग समन्वय तथा सहयोगका लागि पहल गर्दा पालिका  अध्यक्ष दल फडेराले एक हप्ता भित्र शिक्षकका लागि पहल तथा व्यावस्था गर्ने प्रतिवद्दता गरेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष खड्क ऐडीले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्