०२ कार्तिक २०८१, शुक्रबार

अल्ट्रासाउन्ड सहित विशेषयज्ञ टोलि हुम्लाको ग्रामिण भेगमा

Khabarsabaiko बिहिबार, जेठ ०९, २०७६

खबर सबैको, हुम्ला

हुम्लाको ग्रामिण भेग सर्केगाडमा जेठ ७ र ८ गते २ दिने स्त्रीरोग सम्वन्धि शिविर सञ्चालन भएको छ । सर्केगाड गाउँपालिकाको आर्थिक सहयोग तथा आयोजनामा जिल्ला अस्पतालका डा. दुर्गा सुर्खाली सहितको ४ जनाको विशेषयज्ञ टोलिको सहयोगमा सञ्चालन भएको गाउँपलिका स्वास्थ्य ईनचार्ज शन्ताेश धामीले जानकारी दिए ।शिविरमा महिलाको पाठेघर, गर्भवती तथा अन्य स्त्रीरोगको परिक्षण, उपचार तथा परामर्श दिईएको छ ।

शिविरमा सर्केगाड गाउँपालिका र चंखेलि गाउँपालिकाका १७८ महिलाले स्वास्थ्य परिक्षण तथा सेवा लिएको साँया स्वास्थ्य कार्यालयका अहेव धर्म बहादुर शाहीले जानकारी दिए । सिमिकाेट बाट सर्केगाड पुगाएर बिरामिलार्इ शिविरमा अल्ट्रासाउन्डको समेत सुविधा दिईएको छ।

यहाँ कमेन्ट गर्नुहोस्