खबर सबैको
२०७६ जेष्ठ १२ गते
हुम्लाको सर्केगाड गाउँपालिका वडानंं. ८ रादेउ, फुचाको स्थानिय कृषि उत्पादनको मुल्य श्रृखला पहिचान कार्यक्रम सम्पन्न भएको छ ।
स्थानिय कृषि उत्पादन का माध्यम बाट सिमान्तकृत महिला र उनिहरुको परिवारकआयआर्जनमा वृद्धि गरि आर्थिक,समाजिक र सांस्कृतिक रुपमा अगाडि बढाउने उद्देश्यका साथ महिला कल्याण सेवा हुम्लाले लाकरमिसनन्को आर्थिक र मिसन ईस्टको प्राविधिक सहयोगमा सञ्चालिन रुपान्तरण परियोजना अन्तरगत बैठक सम्पन्न भएको हो ।
कार्यक्रम वडा नं. ८ का वडा सदस्य प्रवल बुढाको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा ३९ जना स्थानिय विभिन्न सरोकारवाला, महिला तथा स्थानिय बासिको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्थानिय कृषि उत्पादनको मुल्य श्रृंखला पहिचान गर्ने क्रममा सबै भन्दा उच्च स्थानमा रहेको कृषि उत्पादन सिमी रहेको र क्रमश: जौ, आलु, मकै रहेको जानकारी महिला कल्याण सेवा हुम्लाका कार्यक्रम व्यावस्थापक प्रेम बहादुर बुढाले जानकारी गराएका छन् ।
यसका साथै त्यस पालिकाका अन्य सम्पुर्ण वडाको स्थानिय कृषि उपजको मुल्यश्रृखलाको पहिचान भैसकेको र अब अन्तिम प्रतिवेदन तयार गरेर स्थानिय स्तरका सरोकारवाला संग छलफल केही दिनमा गर्ने कुराको जानकारी उहाँले दिनु भयो ।
साथै किर्डाक नेपाल र महिला कल्याण सेवाको सयुक्त साझेदारीमा संचालित सामुदायिक रुपले पछाडी पारिएका समुदायको सामाजिक सहभागिता तथा आर्थिक अवस्थामा सुधार सार्मथ्य कार्यक्रम को वडा स्तरिय अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न भएको छ । उक्त कार्यक्रम अन्तगत सामुदायिक सस्थाहरुको क्षमता अभिबृद्धि गरी स्थानीय विकासका लागि महिला, किशोरी तथा अपागंता भएका सामुदायको नीती निर्माण तह तथा सहभागिता र योजना छनौट प्रकृयामा सहज पहुच पुर्याउने, स्थानीय तहलाई अझ बढी जिम्मेवार बनाउदै स्थानीय निति निर्माणका लागि प्राविधिक सहयोग गर्ने तथा न्यायोचित वितरण र महिला तथा किशोरीहरुलाई समुहमा आवद्धता गरी समुदायमा रहेका विभिन्न समस्याहरुको पहिचान गरी सामाधान गर्न सरोकारवला निकाय संग वकालत गरी आर्थिक तथा सामाजिक शसक्रिकरणमा जोड पुर्याउने कार्यक्रमका कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछानेले बताउनु भयो।