१६ आश्विन २०८१, बुधबार

हुम्लामा महिनावारि स्वच्छता दिवस विभिन्न कार्यक्रम गरि मनाए

Khabarsabaiko मंगलबार, जेठ १४, २०७६

गोबिन्द प्रसाद लामिछाने
सर्केगाड, १४ जेष्ठ

हुम्लाको सर्केगाड गाउँपालिकामा महिनावारी स्वच्छता दिवस मनाईएको छ । स्थानीय स्तरमा कार्यरत सामाजिक संस्था किर्डाक नेपाल, महिला कल्याण सेवा हुम्ला, ग्रामिण जन उत्थान विकास कार्यक्रम र हुरन्डेक नेपाल लगाएतका संस्थाको सयुक्त आयोजनामा कार्यक्रम संचालन गरिएको छ । कार्यक्रम विभिन्न वडाका महिला र सरोकारवला निकायका प्रतिनिधिको सहभागितामा सर्केगाड बजारमा ¥याली सहित परिक्रमा पछि एक औपचारिक कार्यक्रम संचालन गरिएको थियो । सो कार्यक्रमको प्रमुख आतिथ्य सर्केगाड गाँउपालिका कार्यवाहक अध्यक्ष गज बहादुर रावत र सभाध्यक्षता ग्रामिण जनउत्थान कार्यक्रमका फिल्ड संयोजक देव जंग सिंहको रहेको थियो ।
कार्यक्रममा सर्केगाड गाँउपालिकाका विभिन्न वडाका महिला, बालवालिका, किशोरी र स्थानीय सरोकारवाला करिव २०० जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा छाउपडि (महिनावारी) प्रथा अन्त्यका लागि विद्यालय अध्यनरत बालक्लवका किशोरीहरुको एकल गीत प्रतियोगीता, विभिन्न वडा स्थानीय महिलाहरु वीच हाजिरजवाफ प्रतियोगिता र देउडा गीत प्रतियोगिता संचालन भएको थियो । सो कार्यक्रम अन्र्तगत किशोरीहरुको एकल गीत प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय क्रमशः जयन्ती पाल, बविता सिंह, नन्द देवी थापा त्यसैगरी महिला हाजिर जवाफ प्रतियोगितामा क्रमशः गोठी, वरई र साँयाले विजय प्राप्त गरेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्