१६ आश्विन २०८१, बुधबार

गुणस्तर सुधार गर्न सिमकोट बजारमा मासु पसल अनुगमन

Khabarsabaiko मंगलबार, जेठ २१, २०७६

अर्जुन बोहरा सिमाकोट हुम्ला
जेष्ठ २१ गते
हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित मासु पसलहरुको आज विहान अनुगमन गरिएको छ । सिमकोट बजारमा दैनिक दिन नेपालगन्ज र सुर्खेत बाट जहाज बाट आउने बोइलर र अन्य मासुकाृे अबस्थाको बारेमा अधिकांश मासु पसलहरु अस्तव्यस्त बनेकोले सुधार गराउनका लागि अनुगमन गरिएको हो । मासु पसलमा सुधार ल्याउन र गुणस्तरीय मासु विक्रि गराउने उद्देश्यले सिमकोट बजारमा रहेका मासु पसलहरुको अभियानकै रुपमा अनुगमन गरिएको सिमकोट गाउँपालिका श्रोतले बताउनु भयो । सिमोट बाजारमा सञ्चालनमा रहेको मासु पसलेले न्युनतम मापदण्ड समेत पुरा नगरी व्यवसाय सञ्चालन गरिरहेको पाइएको छ । अनुगमनले दर्ता विना नै साना साना मासु पसलहरु संचालनमा रहेको, मापदण्ड विपरित खुल्ला स्थानबाट मासु विक्री गरेमा रोक लगाउने भएको छ ।
अनुगमनमा सिमकोट गाउँपालिका उपाध्यक्ष वली रावत, जिल्ला प्शासन जिल्ला प्रहरी कोष तथा लृेखान लगायतको सहभागि रहेको खब प्राप्त भएको छ । सिमकोट गाउँपालिका पशु सेवा शाखाको कार्यलयको आयोजनामा मासु पसल र एग्रोभेट पसल अनुगमन गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्