०१ कार्तिक २०७८, सोमबार

शक्तिशाली बम विष्फोट ५ घाइते

Khabarsabaiko बिहिबार, साउन ०२, २०७६

कैलालीको धनगढी उपमहानगरपालिका(३) शहीद गेटमा विहिवार साँझ ७ शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर छ ।
स्थानीय निलम होटल अगाडि विस्फोट भएको हो । प्रहरीलाई सिलिण्डर विष्फोटको सूचना आएको थियो तर शक्तिशाली बम वस्फोट भएको पुष्टि भएको छ । घटनास्थलमा ९ एमएमको पेस्तोल समेत भेटिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक (एसपी) सुदिप गिरी नेतृत्वको टोली पुगेको छ । घाइते भएकाहरुको नाम खुलेको छैन भने बम बिस्फोट कसले गराएको भन्ने पनि खुलेको छैन। घाइतेहरूको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्