१६ चैत्र २०८०, शुक्रबार

पहिलो पटक सामुदायिक विद्यालयमा मित्तेरी कार्यक्रम

Khabarsabaiko शनिबार, साउन १८, २०७६

हुम्ला
पठनपाठनलाई गुणस्तरीय र समयानुकूल बनाउने उद्देश्यले हुम्लाको रलिङ्ग माध्यमिक विद्यालयले ‘विद्यालय मितेरी कार्यक्रम’ आयोजना गरेको छ । सामुदायिक विद्यालयबीच मित लगाउने कार्यक्रम हुम्लामा पहिलो भएको रलिङ्ग माध्यमिक विद्यालयका शिक्षक छतुप लामले जानकारी दिए ।

खार्पुनाथको मानधारा मावि र रलिङ्ग मावि विच पहिलो पटक विद्यालय क्षेत्र भित्रै मितेरी साईनो लगाएको शिक्षक लामाले जानकारी दिए ।

दुवै क्षेत्रका विद्यालयका शिक्षक र प्रशासनको अनुभव र सिकाइ आदानप्रदान गरेर शैक्षिक उन्नति हासिल गर्न यस्तो कार्यक्रम सुरु गरिएको रलिङ्ग माविका शिक्षक लामाले बताउनु भयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन ‘विद्यालय मितेरी कार्यक्रम’ सञ्चालन गरिएको उनले बताए । लामाले भने विस्तार यो कार्यक्रम जिल्लाभरीका विद्यालय सँग मसन्वय गरिदै जाने बताए ।

विद्यालय हाता भित्र सरसफाई

सिमकोट गाउँपालिका तल्लो गाउँ स्थित भिमसेन आधारभुत विद्यालयले आफनो विद्यालय परिसर र सार्वजनिक बाटो लगायत शिब मन्दिर परिसर सरसफाई गरेको छ ।

सिमकोट गाउँपालिका वडा नं. ५ का स्थानीय बासिन्दा, विद्यार्थी,शिक्षक लगायतले विद्यालय हाताभित्र र शिब मिन्दर परिसर वरीपरी दिशा पिसाब गर्नुको साथै फोहर थुप्राने गरेको भन्दै शुक्रबारीय कार्यक्रम विचमा सरसफाई गरेको विद्यालयका प्रधानाध्यापक बाँच बहादुर रावतले जानकारी दिए ।

पहिलो पटक विद्यालय स्तर बाट विद्यालय हाता भित्र र विद्यालयको बाहिरी सार्वजनिक  स्थल शिबमन्दिर लगायतका क्षेत्रमा सरसफाई गरिएको हो ।

विदालयलयमा  परिसर र शिबमन्दि परिसरमा थुप्रिएको  फोहोर ढुंगा,  सफा गरिएको छ । विद्यालयको चौर कक्षा कोठा, नजिकै रहेको मन्दिरमा समेत सरसफाई गरिएको भिमसेन आधारभुत विद्यालय श्रोतले बताएको छ  ।

यहाँ कमेन्ट गर्नुहोस्