१६ आश्विन २०८१, बुधबार

विप्लवको आन्दोलन एनसिल र न्यायाधीश माथि तयारी हुँदै

Khabarsabaiko आइतबार, भाद्र १५, २०७६

खबरसबैको संवदाता

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आन्दोलन एनसिल र न्याधिस लगायतका बिषय माथि चरणवद्ध आन्दोलनका कार्यक्रम घोषण गरेको छ ।
निजीक्षेत्रको मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेल कम्पनि कर विवादमा मुछिएकोले पहिलो तारो बनाएको छ । सरकारी निकायाले नसकेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफनो पहिलो अभियानकारुपमा लिएको छ ।
नेकपा महासचिव विप्लवद्धारा शनिबार निकालिएको विज्ञप्तिमा प्रधान न्यायाधीश नेतृत्वमा गरिएको पुरा कर तिराउने फैसला उल्टाएर भदौ १० गते सर्वोच्च अदालतले एनसेलले साढे १८ अर्ब तिर्न नपर्ने विवादास्पद निर्णय गरेको बिषय लाई लिएर विरोध जनाएको छ ।
विप्लवले सर्वोच्चको फैसलाको विरोधमा भदौ १७ गते न्यायधीशहरुको पुत्ला दहन, भदौ १९ गते देशभर मसाल जुलुस, भदौ २१ गते एनसेलका कार्यालयमा विरोध प्रर्दशन, भदौ २३ गते एनसेल कार्यालयमा तालाबन्दी र भदौ २६ गते भ्रष्टाचारीको पुत्लामा मोसो दल्नेसहितका कार्यक्रमहरु घोषणा गरेका हुन् । विप्लवले एनसेलले ७५ अर्ब कर छली गरेर जनता र देशलाई कंगाल बनाएको भन्दै कानुनी दायरामा नआएको आरोप लगाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्