०५ कार्तिक २०८१, सोमबार

हुम्लामा पहिलो पटक २ दिने मनोरोग परामर्श शिविर

Khabarsabaiko बिहिबार, भाद्र २६, २०७६

अर्जुन बोहरा हुम्ला सिमकोट
विभिन्न कारणले मानिसमा उत्पन्न हुने भावनात्मक एवम् मानसिक विचलन लाई सहीरुपमा व्यवस्थापन गराउन मद्दत पुर्याउने उद्देश्यले पहिलो पटक हुम्लामा निशुल्क मनोरोग परामर्श शिविर शुरु भएको छ ।
सिमकोट टाइम्स साप्ताहिकको आयोजनामा विहीबार बाट २ दिने उत्प्रेण तथा मनो विज्ञान शिविर शिविर सञ्चालन गरिएको हो । सदरमुकाम सिमकोटमा स्थानीय जनिप्रतिनिधी, सरकारी गैरसरकारी कार्यलयका प्रमुख लगायतको विभिन्न उमेर समूहहरु लाई शिविरमा सहभागिता गराएको छ । मानिसमा उत्पन्न तनाव एवम् भावनात्मक विचलनलाई व्यवस्थापन गर्ने उपाय सिकाउँदै सकरात्मक सोचका विकास गराउनको लागि हुम्लामा मनो विज्ञान शिवीर शुरु गरिएको सिमकोट टाईम्स पत्रिकाका सम्पादक राजन रावतले बताउनु भयो ।
मानिसमा हरेक बोझ, बेरोजगारी,भविष्यप्रतिको चिन्ता, प्रेसर लगायत विभिन्न बिषयले मानिस लाई तनाव बढ्ने, र डिप्रेशन हुने भएकोले पनि मनो विज्ञान परार्मश आवश्यकता मनोविश्लेषण केन्द्र काठमाडौका मनोरोग विशेषज्ञ बासु आचार्यले बताउनु भयो । यसका साथै विभिन्न कारणले डिप्रेसनमा परेकाहरुलाई मनोपरामर्शका साथै उपचार पनि गरिने बताइएको छ । समाजमा विभिन्न कारणले डिप्रेसनमा परेका रोगीहरु उपचारको सहज हुने बताए । मानिसमा मनोरोगका कारण कसैको मृत्यु नहोस् र अन्य नागरिकजस्तै सहज जीवन बिताउन शिविरमा प्रशिक्षण दिएको आर्चायले बताउनु भयो । मानिसमा हरेक बिषयमा नकारात्क सोच बाट मुक्ति गराउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको मानसरवर बहुमुखी क्याम्पस प्रमुख बशन्त रोकायाले बताउनु भयो । सिमकोट तल्लो बजारकोे एलिस होटलमा शिविर संचालन भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्