१६ चैत्र २०८०, शुक्रबार

बिरामी बोहरालाई सामाजिक मन्त्री रावलद्धारा एकमहिना पारिश्रमीक आर्थिक सहयोग

Khabarsabaiko बिहिबार, आश्विन ३०, २०७६

हुम्ला
हुम्लाबाट लामो समय देखि पत्रकारीता पेशा गर्दैआएका पत्रकार बिरामी अर्जुन बोहरालाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आर्थिक सहयोग गरेका छन ।

नेपाल पत्रकार महासंघ शाखा हुम्लाका अध्यक्ष, र जिल्ला स्थित सामुदायिक रेडियो कर्णाली आवाजका मुख्य प्राविधिक अर्जुन बोहरा असोज ११ गते देखि विरामी भएर थला परेका छन ।

मस्तिष्क घातका काणर बिरामीले थला परेका पत्रकार बोहरालाई उपचारमा आर्थिक अभाव भएको छ ।

दुई साता देखि बिरामी भएर काठमाण्डौको न्युरो अस्पतालमा उपचारर्थ पत्रकार बोहराको आर्थिक अवस्था कम्जोर हुँदा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आफुले पाउदै आएको एक महिनाको पारिश्रमीक ५२ हजार नगद आज (विहिबार) सहयोग गरेको स्वकिय सचिब नन्द रोकायाले जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्री रावल रेडियो कर्णाली आवाजका रेडियो व्यवस्थापन समितीका अध्यक्ष समेत रहेका छन ।

यस्तै कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवन बहादुर शाहीले पत्रकार बोहरालाई तीस हजार व्यक्तिगतरुपमा सहयोग गरेका छन । किर्डाक नेपालका गोविन्द शाहीले पनि तीस हजार सहयोग गरेका छन ।

आजसम्म देश तथा विदेशमा रहेका शुभेछुक शुभचिन्तकहरुले पाँच लाख ८० हजार एक सय ४१ रकम आर्थिक सहयोग गरेका छन । बिरामी पत्रकार बोहराको घरको आर्थिक अवस्था नाजुक भएका कारण उपचारमा आर्थिक सहयोग गर्न उहाँका दाई बिष्णु बोहराले अनुरोध गरेका छन ।

आवाज बिहिनको आवाज बिरामी बोहराको गला अहिले मस्तिष्क रोगका कारण अबरुद्ध भनेको छ । समाज परिवर्तनको हतियाररुपी कलम समाजका लागी गोडमेल गर्ने हातहरु नचल्ने भएका छन ।

सामाजिक विकृती, शुसाशनका निम्ती हरेक घटनाको जिउँदो इतिहाँस भन्ने पत्रकार बोहराको ज्यान अहिले काठमाण्डौमा रहेको बाँसबारीको न्युरो अस्पतालको सैयामा छटपटाई रहदा उपचारको लागी आर्थिक अभाव भएको छ ।

नेपाल पत्रकार महासंघ शाखा हुम्लाका अध्यक्ष तथा रेडियो आवाजका मुख्य प्राविधिक बोहोराको स्वास्थ्य उपचारमा यहाँहरुको अतुलिन सहयोगको आवश्यक देखिएको छ ।

श्रमजीवी बिरामी पत्रकार बोहराको उपचारमा आर्थिक सहयोग गर्न इच्छुमनकारीहरुका लागी बिरामी पत्रकार बोहराका दाई दाजु विष्णु बोहराको राबा बैंक सिमकोट शाखामा रहेको बचत हिसाब ४१९०००४९२७१० लाई आधिकारिक खाताका रुपमा सक्दो सहयोग गर्न अनुरोध गरिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्