१६ चैत्र २०८०, शुक्रबार

अस्पताल परिसरमा छाडापशुबस्तु, बिरामीको उपचारमा समस्या

Khabarsabaiko मंगलबार, कार्तिक ०५, २०७६

हुम्ला
जिल्ला अस्पताल हुम्लामा पछिल्लो समय बिरामी भन्दा बढी छापापशुबस्तु बढी देखिएका छन । अस्पताल परिशरमा छाडापशुबस्तु,चौरमै चरिचरन गर्नुका साथै बिरामीको उपचार खुल्ला चउरमा गरिनुले बिरामीलाई झन समस्या हुने गरेको विरामीहरुले बताउँदै आएका छन ।

कार्तिक महिना लागे पछि जिल्ला सदरमुकाम सिमकोट गाउँपालिका अन्तरगत वडा पाँच र छ का गाई बस्तु छाडा छोडिदा अस्पताल क्षेत्र भित्र पस फोहोर हुनुका साथै चिसोमा खुल्ला चरउमा बस्ने विरामीलाई समस्या बनाउने गरेको छ ।

जिल्ला अस्पताल हुम्लाको परिशर भेरभार गरेता पनि यो समयमा गाईबस्तु छाडा छोडिने भएका कारण बिरामी भन्दा बढी गाईबस्तु हुनुको साथै पशुबस्तुले दिशापिसा गरी फोशोर गर्ने गरेको जिल्ला अस्पताल श्रोतले बताएको छ ।

हुम्लामा असोज अन्तिम देखि चिसो बढेसँगै विरामीको चाप बढेको जिल्ला अस्पताल हुम्लाका डाक्टर टसी लामाले जानकारी दिनुभयो ।
अस्पतालमै भर्ना गरीएका विरामी भन्दा बढी छाडा छोडिएका पशुबस्तु बढी हुने गरेको लामाले बताउनुभयो । जिल्ला अस्पताल हुम्लाका वार्ड पनि आजभोली भरिभराउन हुनुका साथै डाक्टरको पनि अभाव देखिएको छ । आजभोली जिल्ला अस्पताल हुम्लामा एक जना मात्र डाक्टर टसी लामाले अस्पताल चलाउदै आएका छन ।

अन्य सबै डाक्टर सरुवा हुनुको साथै विदामा गएका कारण चिसोले गर्दाको चाप बढेको छ तर म एक जना मात्रै छु, राति सुत्ने समय, विहान बेलुका खाना खाने समय छैन डाक्टर लामाले राससको भेटमा गुनासो गनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्