३१ बैशाख २०८१, सोमबार

जिल्ला अस्पताललाई भारतीय दुतावासद्धारा ४० लाख मुल्यको औषधि सहयोग

Khabarsabaiko शुक्रबार, कार्तिक १५, २०७६

हुम्ला
सधैँ औषधि अभाव हुने हिमाली जिल्ला हुम्लामा भारतीय दुतावासले औषधि सहयोग गरेको छ । भारतीय दुतावासले भारतबाट नै चालीस लाख मुल्यको औषधि जिल्ला अस्पताल हुम्लालाई सहयोग गरेको हो । नेपालका लागी भारतीय राजदुत मञ्जिभ सिंह पुरी सहित उपप्रधानमन्त्री उपेन्द्र यादव शुक्रबार विहान हुम्लाको सिमकोट विमानस्थलमा पुगि औषधि र उपरकण सहयोग गरेका हुन ।

नेपालका लागी राजदुत पुरीले तीन वर्ष देखि भारतीय तिर्थयात्रीहरुले कैलाश मानसरोवरको तिर्थयात्रा गर्दा यहाँका नागरीकले बहुत स्वागत गरेकोमा आफ्नो ध्यान यहाँको विषयवस्तुमा केन्द्रित भएको बताउनुभयो । तीन वर्ष यता देखि मानसरोवर कैला दर्शन गर्न जाने भारतीय तिर्थयात्रीको हुम्ला सिमकोट मुख्य बाटो भएकाले आफुले सिमकोटलाई पहिलो प्रथामिकताका साथ सहयोग गर्दै आएको राजदुत पुरीले बताउनुभयो । भारतिय तिर्थयात्रीलाई यहाँका नागरीकले कैलाश मानसरोवरको यात्रामा एक घण्टा देखि एक रात बासोबास गर्दै आएका भारतीयलाई राम्रो सेवा दिएको भन्दै पुरीले हुम्लाी हृदय देखि नै धन्यवाद समेत दिनुभयो ।

सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले नेपाली राजुत पुरीलाई धन्यवाद दिदै उपप्रधानमन्त्री स्वास्थ तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई जिल्ला अस्पताल हुम्ला सहित जिल्ला भरीका स्वास्थ्य संस्थाहरुमा कर्मचारी आवश्य रहेको गुनासो समेत गर्नुभयो ।

हुम्लाको सिमकोट पुगेका उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गाउँपालिका अध्यक्ष लामा र हुम्लीको मागलाई सरकारले पहिलो प्रथामिकतामा राखेको आश्वास दिनुभयो । उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले छिटै जनशक्ति र अस्पताललाई उपकरण उपलब्ध गराउने आश्वास दिएका छन् । जिल्ला अस्पताल हुम्लामा जनशक्तिको समस्या भएको समेत स्वीकार गरेका छन् । सघिय सरकार प्रदेश सरकारले हुम्ला अस्पताललाई पहिलो प्रथामिकता राखेको उपप्रधानमन्त्री यादवले बताए । जिल्ला अस्पताल हुम्ला हाल १५ शैयाको भएपनि आवश्यकता अनुसार यसको स्तरोउन्ती बढाउने मन्त्री यादवको भनाई छ । परि आएको समयमा स्वास्थ्य सेवा दिनसक्ने र अस्पताल बनाइने उहाँले बताउनुभयो ।

शुत्रबार सिमकोट विमानस्थलमै पुगेर भारतिय राजदूत मञ्जीभ सिहं पुरी र उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यावदले संयुक्त रुपमा हस्तान्तरण गनुभयो ।

दूताबासको आयोजनामा जिल्ला अस्पताल हुम्लाका निमित्त डाक्टर टर्सी लामा र प्रमुख जिल्ला अधिकारी विनिता भटटराईलाई हस्तान्तरण गरिएको थियो । सिमकोट विमानस्थल पुगेको भारतिय राजदूत मञ्जीभ सिहं पुरीले जिल्ला अस्पताल हुम्लालाई आवश्यक पर्ने करिब ४० लाख बराबरीको औषधी सहयोग गर्नुभयो ।

तीनवटा अस्किजन सिलिन्डर, जेनेरेटर मेसिन र औषधी लगायत सहयोग भएको छ ।

केही महिना पहिला ५ लाख बराबरको औषधी र हाल ४२ प्रकारको औषधी जिल्ला अस्पताल हुम्लालाई भारतिय दूताबासले सहयोग गरेको हुम्लाका लागि सम्पर्क व्यक्ती जनकबहादुर शाहीले बताउनुभयो ।

त्यस्तै हुम्लाको सदरमुकाम सिमकोट पुगेको आज शुत्रबार नेपाली सेनाको हेलिकप्टर मार्फत ५ क्वीन्टल औषधी लिएर भारतिय राजदूत मञ्जीभ सिहं पुरी र उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव हुम्लाको सिमकोट विमानस्थल पुगेका थिए ।

शुत्रबार नेपाली सेनाको हेलिकप्टर मार्फत पाँभच क्वीन्टल औषधी लिएर भारतिय राजदूत मञ्जीभ सिहं पुरी र उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव हुम्लाको सिमकोट विमानस्थल पुगेका थिए ।

हिमाली जिल्ला हुम्लामा बाहिय पर्यटक घुम्न आउँदा हाईअल्टच्युटको समस्या हुनुका साथै यहाँका नागरीकले औषधि नपाएर अकालमै ज्यानगुमाउनु पर्ने अवस्थाको समेत अन्त्य हुने विश्वास गरीएको छ ।

भारतीय राजदुतावासले औषधि सहयोग गरेर अलिकतिभए पनि यहाँका स्थानीयलाई राहत भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्