३१ बैशाख २०८१, सोमबार

बहिरा तथा बौद्धिक अपाङ्ग बालबालिकाद्धारा विद्यालय तालाबन्दी

Khabarsabaiko सोमबार, कार्तिक २५, २०७६

हुम्ला
हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सहारा समुहमा आश्रीत बहिरा तथा बौद्धिक अपाङ्ग बालबालिकाहरुले आफुहरुले अध्ययन गर्ने विद्यालय आईतबार तालाबन्दी रहेका छन । श्री हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवसिय विद्यालयमा अध्ययनरत ५७ जना बालबालिकाहरुले सोही विद्यालयलाई तालाबन्दी गरेका छन ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा वडा पाँचका वडा अध्यक्ष कृष्ण बोहराले मनोपरीरुपमा सोही विद्यालयमा अध्ययनरत बालवालिकाका अभिभावक विना नै गोप्यरुपमा बैठक बसि विद्यालय व्यवस्थापन समिती गठन  प्रति आपत्त्ती जनाउदै विद्यार्थीहरुले एक विज्ञप्ती निकाल्दै विद्यालय तालाबन्दी गरेका छन्। सहारा समुहले सिमकोट गाउँपालिकाको शिक्षा नियमवली विपरीत गैरकानुनी तवरले सरकारी विद्यालयलाई व्यक्तिगत सम्पती जसरी आफुखुसी सञ्चालन तथा व्यवस्थापन गर्न खोजेको भन्दै सोही विद्यालयमा अध्ययनरत बहिरा तथा बौद्धिक अपाङ्ग बालबालिकाले विद्यालय तालाबन्दी गरेको सहरा समुहका निर्देक सुर्य पौडेलले बताउनुभयो ।

अहिले सम्म विद्यालयको आर्थिक वर्ष २०७५।०७६ को सार्वजनिक परिक्षण अभिभावक भेला तथा लेखा परिक्षण नगरेको, विद्यालयका सम्पुर्ण कागजात प्रध्यानाध्यापककाे घरमा राखी अध्यक्षले आफु खुसि सञ्चालन गरेको,बालबालिकाले पाउने दिवा खाजा मापदण्ड विपरीत गई बालबालिकालाई चाउचाउ विस्कुष्ट खुवाई रकम अनियमितता गरेको,सरुवा भएको शिक्षकलाई रोकेको,सोही विद्यालयका प्र.अ विद्यालय समयमा उपस्थित नहुने, कानुन विपरीत बालबालिकाको जीवनमाथि खेलवाट गरेको, सहित बहिरा तथा बौद्धिक अपाङ्ग बालबालिका र उनीहरुका अभिभावक विना नै पदाधिकारी छनोट गरेको भन्दै विद्यालय तालाबन्दी सहित सहारा समुहले विज्ञप्ती पनि निकालेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्