२७ माघ २०८१, आइतबार

अतिक्रमित भुमि फिर्ता माग्दै शिक्षक, विद्यार्थी प्रदर्शनमा

Khabarsabaiko मंगलबार, कार्तिक २६, २०७६

हुम्ला
भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको विरोधमा हुम्लाको दक्षिण क्षेत्रमा विद्यार्थीहरुले सोमबार विहान दश बजे विरोध प्रदर्शन गरेका हुन । सोमबार विहान बिहान १० बज्नै लागेको समयमा एका एक भारतीय बिस्तारबादका बिरुद्धमा नारा घन्काउँदै जिल्लाको दक्षिणी क्षेत्र अदानचुली गाउँपालीकाको पुछेमडाँडामा कोण सभामा परिणत भएको थियो । हजारैको संख्यामा प्रदर्शनमा उत्रिएका शिक्षक बिद्यार्थी,स्थानीय राजनीतिक दलका साथै स्थानीय सरकारले समेत भारत विरुद्ध बिरोध र्यालीमा सहभागी रहेको कालि बहादुर थापाले जानकारी दिनुभयो । गत आइतबार कालापानी लगायतका नेपाली भूभाग आफ्नो क्षेत्रमा समेटेर नक्सा सार्वजनिक गरेको प्रति सुयोदय माध्यामीक बिद्यालयका शिक्षक टङ्कध्वज खत्रीले भारतले नेपालको सिमाना मास्न नदिने भन्दै यसको बचाउका लागी आफुहरु मर्न तयार रहेको बताउनुभयो ।

सोही बिद्यालयका बिद्यार्थी कुशुमा भण्डारीले पनि आफनो जन्मभुमीको रक्षा गर्नको लागि ठाउँ ठाउँबाट जाग्नुका साथै भारतले सीमा मिचेर नेपाली भूमि हडपेमा हुम्लाका सात वटै गाउँपालिकाका विद्यार्थी आन्दोलनमा प्रस्तुत हुने बताउनुभयो ।

उता राष्ट्रको राष्ट्रियता गुम्छ भने १,२ घण्टा पढाएर पनि केही नहुँने सुर्योदय माध्यामीक बिद्यालयका प्रधानाध्यापक सुरबिर शाहीले बताउनुभयो । प्रधानाध्यापक शाहीले भने भारत सरकारको हेपाहा प्रवृत्तिलाई निरन्तर खबरदारी गरिरहने बताउनुभयो ।

आज बिद्यार्थीहरु आन्दोलीत भए भोली हामी स्थानीय र राजनीतीक दलले समेत आन्दोलन गर्ने दिन नआउला भन्न सकिदैन नेपालको सिमा मिच्न नदिन प्राणको आहुती दिन पनि तयार रहेको स्थानीय दिप बहादुर महताराले बताउनुभयो । जसरी हाम्रो समाजमा साना र गरिब जनतालाई हेप्ने प्रबृति छ त्यसरीनै भारतले सानो मुलुकलाई हेप्न खोजेको आरोप महताराले लगाउनुभयो ।

भारतले गरेको दानबीय ब्यबहार नसच्याए भारत सरकार विरुद्ध रगत होली बगाउने अर्का स्थानीय कर्ण रोकायाले बताउनुभयो ।

ईतिहासमा अमरसिंह थापा,भक्ती थापा र बलबद्र कुवर जस्ता ब्यक्तिहरुले सिमा रक्षाको लागि ज्यानको आहुती दिएको प्रमाण ताजै रहेको भन्दै अदानचुलीमा विद्यार्थी शिक्षकहरुले प्रदर्शन गरेका थिए । आन्दोलन सानो नहुने गाउँमा सल्केको आगोले शहरमा समेत नसल्कीएला भन्न नमिल्ले भन्दै हुम्लामा पनि विरोध प्रदर्शन भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्