१६ चैत्र २०८०, शुक्रबार

हुम्लामा पहिलो पटक सेनेटरी प्याड निस्कने मेसिन

Khabarsabaiko सोमबार, मंसिर ०२, २०७६

हुम्ला
हुम्लामा पहिलो पटक एक विद्यालयमा छात्राहरुका लागि स्वाचालित सेनेटरी प्याड उपलब्ध गराउने मेसिनको उद्दघाटन गरिएको छ । जिल्ला सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माविमा पहिलो पटक छात्राका लागी सेनेटरी प्याड उपलब्ध गराउने मेसिन तथा प्रयोग भएको प्याडलाई नष्ट गर्ने मेसिन जडान भएको छ । सिमकोट गाउँपालिकाको आर्थिक सहयोगमा आज बालमन्दिर माविमा एक कार्यक्रमका विच सेनेटरी प्याडको मेसिन तथा प्रयोग भएका प्याड नष्ट गर्ने मेसिन प्रयोगमा आएको हो ।

गाउँपालिकाले आफ्ना वडामा रहेको सातवटा माध्यामिक विद्यालयमा स्वचालित सेनेटरी प्याडको मेसिन तथा प्रयोग भएका प्याड नष्ट गर्ने मेसिन निशुल्क सहयोग गरेको सिमकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जिले जानकारी दिनुभयो । जिल्लाका सातवटा गाउँपालिका मध्य सिमकोट गाउँपालिकाले विद्यालयमा अध्यनरत छात्राहरूको सुविधाका लागि सेनेटरी प्याढ उपलब्ध गराउने मेसिन सहयोग गरेको प्रमुख प्रशासकिय अधिकृत दर्जिले बताउनुभयो । उनले भने हुम्लामा छात्राहरु महिनावारी भएको बेलामा विद्यालय छोड्ने, घरमा भन्न लजाउने बाध्यताको अन्त्यका लागि उक्त मेसिन पालिकाले सहयोग गरेको बताउनुभयो ।

पालिकाले एक मेसिनको एक लाख ६० हजारका दरले सातवटा विद्यालयका लागी सातवटा मेसिनको एघार लाख बिस हजारमा खरिद गरी निशुल्क सहयोग गरेको सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले जानकारी दिनुभयो । पहिलो पटक विद्यालयमा मेसिन जडान भएपछि छात्राहरु खुशी भएको अध्यक्ष लामाले बताउनुभयो । ‘विद्यालयमा छात्राहरुले अब प्याड एटिएम मेसिन जडानबाट पाउने भएका छन । सेनेटरी प्याड उपलब्ध गराउने मेसिनमा एक पटकका लागी तीन सयवटा प्याड एटिएमको सिस्टमबाट आफै उपलब्ध हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धुब्र शाहीले जानकारी दिनुभयो ।

मेसिन जडान भएपछि छात्राहरु महिनावारी भएको समयमा विद्यालय नआउने समस्या अन्त्य हुने विस्वास प्रधानाध्यापक कैलाश रोकायाले बतउाुभयो । प्रधानाध्यापक रोकाया अनुसार हुम्ला जस्तो दुर्गम जिल्लामा छाउपडी ब्याप्त रहेको र छात्राहरु महिनावारी हुँदा विद्यालयमा नआउने, लजाउजे विद्यालयमा महिनावारी हुँदा पनि पढदापढदै भागेर जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । विद्यालयमा छात्राहरुका लागि सेनेटरी प्याड वितरण गर्ने सुबिधा नहुँदा समस्या भएको उहाँले बताउनुभयो । प्याड निस्कने मेसिन र फोहोर पनि नष्ट गर्ने मेसिन उपलब्ध गराएकोमा गाउँपालिका प्रति रोकायाले खुसि व्यक्त गरेका थिए । मेसिन जडान भएपछि छात्राहरु हर्षित भएका र उनीहरु अबदेखि महिनावारी भएको बेला प्याडका कारणले विद्यालय छुट्ने समस्याबाट छुटकारा भएको बताउनुभयो ।

आजै स्वाचीत सेनेटरी प्याड उपलब्ध गराउने मेसिन तथा प्रयोग भएको प्याडलाई नष्ट गर्ने मेसिन उघद्धाटनमा सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामा, उपाध्यक्ष वली रावत, प्रमुख जिल्ला अधिकारी विनिता भटटराई,वडा पाँचका अध्यक्ष कृष्ण बोहरा,जिल्ला स्वास्थ्यका डाक्टर दुर्गा सुर्खाली,सिमकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जि लगायत विद्यार्थी छात्रा,शिक्षक सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो ।

बालमन्दिर माविका प्रधानाध्यापकलाई सेनेटरी प्याड निस्कने एटिएम हस्तान्तरण गर्दै सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामा

सिमकोट गाउँपालिकाले हुम्लाको बालमन्दिर माविमा पहिलो पटक सेनेटरी प्याड उपलब्ध गराउने मेसिन तथा प्रयोग भएको प्याडलाई नष्ट गर्ने मेसिन हस्तान्तरण गरेको छ ।
बालमन्दिर माविका छात्रा

यहाँ कमेन्ट गर्नुहोस्