२७ भाद्र २०८१, बिहिबार

पहिलो पटक उद्धम तथा व्यवसाय विकास तालिम

Khabarsabaiko मंगलबार, मंसिर १०, २०७६

हुम्लाको सर्केगाड गाउँपालिकाको जैरमा ६ दिने व्यवसाय विकास तालिम सञ्चालन भएको छ । तालिम २०७६ मंसीर ९ देखि १४ गते सम्म सञ्चालन गरिने कार्यक्रममा मेथा महिला कृषि समुहका २४ जना पदाधिकारीहरुको सहभागीता रहने छ ।

तालिम पछि सहभागीहरु व्यवसायी बन्न सक्षम हुने कुरा महिला कल्याण सेवा, हुम्ला कार्यक्रम संयोजक पदम राज हमालले जनाउनु भयो । व्यवसाय विश्लेषण गरी बजारको माग अनुरुप व्यवसायिक योजना बनाई व्यवसाय शुरु हुने कुरा रुपान्तरण कार्यक्रमका प्रशिक्षक एवम् व्यवसाय विकास अधिकृत भुपेन्द्र प्रसाद पन्तले बताए । कार्यक्रममा सहभागि जैकली कार्कीले यस्तो तालिम पहिलो पटक लिने अवसर पाएकोमा खुसि भएको कुरा व्याक्त गर्नुका साथै सिकेका कुरा अाफ्नो जीवन लागु गदै अरू लार्इ पनि सिकाउने प्रतिद्धता जनाउनु भयो ।

कार्यक्रम सर्केगाड गाउँपाालिका १ का कार्यवाहक अध्यक्ष मन बहादुर बुढाको अातिथ्यमा संचालन भएको थियो । कार्यक्रममा बोल्दै उहाँले  जैरका महिला उद्यमसिल बनाउन तालिम अायोजना गरेकोमा खुसि भएको कुरा जनाउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्