०६ कार्तिक २०८१, मंगलबार

विवेकशील किशोरी समुहले मनायो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

Khabarsabaiko मंगलबार, मंसिर १०, २०७६

“बलात्कारको विरुद्ध पुस्ता समानता” मूल नाराको साथ विश्व भरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनार्इंदै छ । सो अवसरमा नेपालको हुम्ला जिल्ला सर्केगाडको तुम्चामा “विवेकशील किशोरी समुहले” जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेकाे छ । सो कार्यक्रममा महिला हिंसा विरूद्ध नारा सहित टोल परिक्रमा गरी देउडा गीत मार्फत जनचेतना मूलक सन्देश दिँदै मनार्इएको  छ । कार्यक्रममा तुम्चका ७० भन्दा बढी किसोरी , सरोकारवाला स्थानिय निकायका प्रतिनिधि र महिलाको सहभागिता रहेको अगुवा रोकायाले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्