०४ कार्तिक २०८१, आइतबार

नेकपा, कांग्रेस बिच मतभेद, खार्पुनाथमा सुरक्षा कडाई

Khabarsabaiko मंगलबार, मंसिर १०, २०७६

हुम्ला
खार्पुनाथ गाउँपालिकामा हुने उपनिर्वाचनको माहोल तातिएपछि नेपाल प्रहरीले खार्पुनाथमा आफ्नो सुरक्षालाई थप निगरानीका सहित कडाई गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस बिच सोमबार राति मतभेद भएपछि तीनवटै सुरक्षा निकायले सुरक्षा सतर्कता अपनाउँदै सुरक्षाको निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक राम प्रसाद घर्ति मगरले जानकारी दिनुभयो ।

पालिकाको वडा दुई थालि गाउँमा दुई पक्ष विच मतभेद भएपछि जिल्ला सदरमुकाम सिमकोट सहित माथिल्लो क्षेत्रबाट नेकपा र कांग्रेस कार्यकर्ता उपनिर्वाचन क्षेत्र खार्पुनाथमा केन्द्रित भएपछि उपनिर्वाच अवधि झै–झगडा हुन नदिन उपनिर्वाचनलाई थप सान्त बातावरणमा सम्म गर्नका लागी सुरक्षा निगरानी बढाएको छ ।

मंगलबार विहान दुबै पक्षले जिल्लाभरीका आफ्ना शक्तिलाई खार्पुनाथ गाउँपालिकामा केन्द्रि गरेपछि पालिका जाने मुख्य बाटो खार्पुनाथ, र तल्लो हुम्लाबाट आउने छारेमा सुरक्षाकर्मीले पालिका भित्र जान नदिएको हो । अहिले जिल्लाबाट खार्पुनाथ पुगेका नेता कार्यकर्तालाई खार्पुनाथ प्रहरी चौकीले खार्पुनाथमा नै रोकि राखेको छ । आक्रोसित दुवै पक्ष विच रातिको समयमा झगडा हुन सक्ने भन्दै सुरक्षालाई कडाई गरिएको उहाँले जानकारी दिनुभयो । दुई पार्टीले आफ्ना नेता देखि कार्यकर्तालाई खार्पुनाथ गाउँपालिकाको वडा दुई थालीमा केन्द्रित गर्न खोजेपछि सुरक्षालाई थप निगरानी गरेर कडा गरिएको छ ।

नेकपाका प्रदेश अध्यक्ष गोरख बोगटीको नेतृत्वमा चुनावी प्रचारमा खटिएको टोलीलाई वडा दुई थालिमा कांग्रेसले विभिन्न लालछनाको आरोप लगाएपछि दुवैपक्ष विच सोमबार राति धलपकट भएको थियो । कांग्रेसले लगाएको आरोपको प्रतिबाद गर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश अध्यक्ष गोरख बोगटीले जानकारी दिनुभयो ।

अहिले पालिकामा रहेका मतदाता र सर्वसाधरणलाई आवतजावत गर्न दिएको छ भने जिल्ला सदरमुकाम सिमकोट र विभिन्न गाउँपालिका खार्पुनाथ पुगेका दुबै पक्षका कार्यकर्तालाई पालिका जान सुरक्षा निकायले बन्द गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्