About Contact Links
Close
बिज्ञापन
बालबालिका ओसारपसार तथा बेचविखन विरुद्ध सकड नाटक

दाने बोहरा बुधबार, मंसिर ११, २०७६ मा प्रकाशित

हुम्ला
जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा बालबालिका ओसारपसार तथा बेचविखन रोकथाम विरुद्ध सम्बन्धि सडक नाटक सम्पन्न भएको छ ।

मानव बेचविखन जस्तो जघन्य अपराधको बारेमा सचेतना फैलाउनको लागी  जिल्लाका सातवटै गाउँपालिकामा नागरीकलाई सचेत तुल्याउने र यसको रोकथाम र अन्त्यका लागी यो अभियान सञ्चालन गरिरहेको किर्डाक नेपालका फिल्ड सुपरभाईजर जनक बुढाले जानकारी दिनुभयो ।

बालबालिका माथिको अत्याचार,बालश्रम,वैदेशिक श्रम शोषण, चेलिबेटि बेचविखन तथा ओसारपसार जस्तो जघन्य अपराध नियन्त्रणका लागी यहाँका स्थानीयलाई सडक नाटक मार्फत जनचेतनामुलक कार्यक्रम गरिदै आएको फिल्ड संयोजक बुढाले जानकारी दिनुभयो ।

बाल श्रम, बालबालिका ओसारपसार सम्बन्धी सडक नाटक वडा पाँचमा रहेको मदना गाउँको मदनादेवमा करिब तीन सय जनाको उपस्थितमा सम्पन्न भएको छ ।

जिल्लाभरीका गाउँपालिकामा सञ्चालन गरिने सडक नाटकमा १० जनाको टोली रहेको ताँजाकोटबाट स्थानीय संवाददाता भक्तराज ऐडिले जानकारी दिनुभयो । बाल श्रमिकको संख्या बढदो क्रम रहेकाले यस्को न्युनिकरणका लागी विद्यालय उमेरका स–सना बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनको लागी जिल्लाभरी नै बालबालिका ओसारपसार तथा बेचविखन रोकथाम विरुद्ध सडक नाटक सञ्चालन गरिने भएको छ ।

जिल्लाको अदानचुली गाउँपालिका र ताँजाकोट गाउँपालिकामा बालबालिका ओसारपसार, बाल विवाह न्युनिकरण, लैंगिक हिंसा, सम्बन्धि त्यहाँका स्थानीयलाई सडक नाटक मार्फत जनचेतना फैलाउने प्रयास गरिएको सडक नाटकमा सामिल पात्र भुवन भण्डारीले जानकारी दिनुभयो ।आजै बेलुका ताँजाकोट गाउँपालिकाबाट भोली अदानचुलीमा बाँकीरहेका विद्यालय र गाउँमा सडक नाटक सञ्चालन गरिने भएको बुढाले जानकारी दिनुभयो ।

यो कार्यक्रम अब चंखेली गाउँपालिका हुँदै , सर्केगाड, खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकामा गएर टुङ्गगिने भएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित

Skip

प्रधान सम्पादक

पदम राज हमाल
मो.नंः ९८४८७३५९९१
http://www.padamhamal.com.np

कोरोना संदेश

Twitter

Facebook

हाम्रो बारेमा

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected][email protected]

 

फोन नंः ९८४८७३५९९१