१५ चैत्र २०८०, बिहिबार

उपनिर्वाचन २०७६ःकर्मचारीद्धारा नमुना मतदान

Khabarsabaiko बुधबार, मंसिर ११, २०७६

हुम्ला
हुम्लाको खार्पुनाथ गाउँपालिकामा मंसिर १४ गते हुने उपनिर्वाचनमा खटिएकाहरुले नमुना मतदानको आयोजना गरेका छन । गाउँपालिकामा आगामी मंसिर १४ गते हुने उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारीहरुद्धारा नमूना मतदानको आयोजना गरिएको छ ।

गाउँपालिकामा रहेका पाँच वटै मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतहरुलाई निर्वाचन प्रकृयाका बारेमा तालिमका साथै नमूना मतदान गरिएको जिल्ला निर्बाचन अधिकारी महेश शर्माले जानकारी दिनुभयो ।

यसरी मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु मतदान प्रकृयामा स्पष्ट भएपछि मतदातालाई पनि सोही अनुसार मतदान गराएर बदर मत घटाउन निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई एक दिने तालिम दिएको निर्बाचन अधिकारी शर्माले जानकारी दिनुभयो ।

कर्मचारीले निर्वाचन सामग्री बुझे

खार्पुनाथको उपनिवार्चनका लागि खटिएका कर्मचारीहरुले निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री बुझेका छन् । मतदानका लागि आवश्यक पर्ने ६४ प्रकारका निवाचन सामग्री पाँच वटै मतदान अधिकृतहरुले बुझेको जिल्ला निर्वाचन अधिकारी शर्माले बताउनुभयो ।
निर्वाचन सामग्रीमा सियो धागो देखि सेतो कागज हुँदै मतपत्रसम्मका सामानहरु रहेका छन् । खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि पाँच वटै मतदान केन्द्रमा मतदान सम्पन्न गराउनका लागि एक जना अधिकृत, एक जना सहायक मतदान कर्मचारी, एकजना सहायक कर्मचारी र दुईजना सहयोगी कर्मचारी २५ जना कर्मचारी खटाइएको छ ।

वडा नम्बर १ को मालिका माबि मतदान केन्द्र लालीमा मतदान अधिकृत रामसुरत पाल, सहायक मतदान अधिकृत लक्ष्मि अधिकारी, वडा २ को शंकर आधारभूत विद्यालय मतदान केन्द्र थालीमा मतदान अधिकृत उदयकान्त अधिकारी, सहायक मतदान अधिकृत दानबहादुर रावत, वडा ३ को हुम्ला माबि राया मतदान केन्द्र रायामा मतदान अधिकृत रामबहादुर बिष्ट, सहायक मतदान अधिकृत बिष्णुप्रसाद न्यौपाने, वडा ४ को सीता माबि मतदान केन्द्र छिप्रामा मतदान अधिकृत ज्ञानेन्द्र सिंह बुढथापा, सहायक मतदान अधिकृत रमाकान्त आचार्य, र वडा ५ को मान्धारा माबि मतदान केन्द्र खर्पेल गाँउमा मतदान अधिकृत मदनप्रसाद जैसवाल, सहायक मतदान अधिकृत बिद्याराज बुढालाई खटाईएको छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको नेतृत्वमा उपनिर्वाचन हुने खार्पुनाथ गाउँपालिकाको पाँच वटै मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने कार्य सम्पन्न भएको र सबै मतदान केन्द्रको स्थिति सामान्य रहेको प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

खार्पुनाथ गाउँपालिकाको उपनिर्वाचनमा तीन हजार तीन सय ८७ जना मतदाता निर्वाचनमा सहभागि हुनेभएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्