०६ बैशाख २०८१, बिहिबार

एक हजार ५० पशुलाई निशुल्क खोप

Khabarsabaiko बुधबार, मंसिर ११, २०७६

हुम्ला
समकोट गाउँपालिकाले मंसिर ६ गते देखि पशुलाई निशुल्क स्वास्थ्य शिविर सञ्चालन थालेको छ । गाउँपालिकाले वडा एक देखि तीनमा सञ्चालन गरेको पशु स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । पालिकाले पशुस्वास्थ्यकर्मचारीलाई गाउँमै खटाई यो शिविर सञ्चालन गरिएको हो ।

गाउँपालिका पशु स्वास्थ्य शाखाको आर्थिक,प्राविधिक सहयोगमा वडा एक देखि तीन सम्मका वडामा रहेका चार सय पशुवपस्तुलाई खोप तथा उपचार गरिएको पशु स्वास्थ्य शाखाका प्रमुख बिस्णु बुमीले जानकारी दिए । यस्तै वडा सात र आठमा ६ सय पशुलाई खोप लगाईएको उहाँले जानकारी दिनुभयो । वडा एक,दुईती, सात,आठ पालिका कार्यालय सदरमुकाम भन्दा टाढा रहेकाले ६ गते निशुल्क पशु शिविर गरिएको हो । बाँकी रहेका वडा चार, पाँच, र ६ मा भोलि बुधबारबाट यो शिविर सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

हिउँदको समय सुरुभए सँगै पशुमा विभिन्न खाले रोग देखा पर्ने भएकाले खोप शिविरले पशुपालक कृषकलाई राहत समेत भएको छ ।

शिविरमा पशुचौपायालाई खोप लगाउनुको साथै गोबर, मलमुत्र, पशुस्वास्थ्य चेकजाँच गरिएको पशु शाखा प्रमुख बुमिले जानकारी दिए । ग्रामीण भेगका कृषकका लागि यस्ता कार्यक्रमले पशुपालनमा आत्मनिर्भर बनाउन सहयोग गरेको उहाँले जानकारी दिए । पशु स्वास्थ्य शिविरबाट लाभान्वित स्थानीयले पशुपालनबारे नजानेका धेरै कुरा सिक्न पाउने बुमिले प्रतिक्रिया दिए ।

यहाँ कमेन्ट गर्नुहोस्