१६ चैत्र २०८०, शुक्रबार

राजनितीक शक्ति केन्द्र, खार्पुनाथ शान्त वातावरणमा मतदान सम्पन्न

Khabarsabaiko शनिबार, मंसिर १४, २०७६

हुम्ला
निकै महत्वका साथ हेरिएको हुम्लाको खार्पुनाथ गाउँपालिकाका पाँचवटा मतदान केन्द्रमा मतदान सकिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेसको शक्ति केन्द्र बनेको उपनिर्वाचन खार्पुनाथ गाउँपालिकामा शान्त र मर्यादित बातावरणमा सम्पन्न भएको छ ।

पाँचवटा मतदान केन्द्र भएको खार्पुनाथका पाँचवटा मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो । निर्वाचन कार्यालय हुम्लाका अनुसार लालीको मालिका माध्यमिक विद्यालय लाली, हुम्ला माध्यमिक विद्यालय राया, शंकर आधारभुत विद्यालय थाली, सिता माध्यमिक विद्यालय छिप्रा र मानधारा माध्यामिक विद्यालय खर्पेलगाउँमा मतदान सकिएको छ । पाँछवटै मतदान केन्द्रमा मतदाताले मतदान सम्पन्न गरेता पनि उपनिर्वाचनको आचारसंहिता अनुसार मतपेटीका पाँचवटै मतदान केन्द्रमा पाँच बजे सम्म राखिने त्यसपछि मात्रै खार्पुनाथ गाउँपालिकामा ल्याईने भएको प्रमुख जिल्ला अधिकारी विनिता भटटराईले जानकारी दिनुभयो ।

मतदान केन्द्रमै रहेका नेकपा हुम्लाका अध्यक्ष लालकेश जैशीका अनुसार सकिएको लालीमा ७ सय ९९, थालीमा ३ सय ७०, छिप्रामा ५ सय ५५, रायामा ४ सय ७५, खर्पेलगाउँमा ६ सय ८६, मत खसेको छ । निकै चासोकारुपमा हेरिएको मान्धारा माध्यमिक विद्यालय खर्पेलगाउँमा भने शान्तर मर्यादित तवरमा मतदान सकिएको खार्पुनागा गाउँपालिका नेकपाको अध्यक्ष प्रकाश शाहीले जानकारी दिनुभयो ।

खर्पेलगाउँमा २०७४ सालको निर्वाच भन्दा यो पटकको उपनिर्वाचन शान्त र मर्यादित तवरमा सम्पन्न भएको छ ।

नेकपा र नेपाली कांग्रेसकै प्रतिष्ठाको विषय बनेको खार्पुनाथको निर्वाचन निकै शान्तपूर्वक रुपमा सम्पन्न भएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमूख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिनुभयो । उनका अनुसार मतदान सोचेभन्दा शान्तीपूर्वक रुपमा सम्पन्न भएको छ । बाँकी रहेको मान्धारमा पनि केही समयमै सम्पन्न हुने उनले जानकारी दिनुभयो ।

उपाध्यक्ष पदकालागि नेकपाका उम्मेरदवार रुपा शाही र नेपाली कंग्रेसका उम्मेरदवार तारा शाही चुनावी मैदानमा छन् ।

तत्कालिन गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीको गएको असार ३ गते जिप दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्