१६ चैत्र २०८०, शुक्रबार

दोस्रो पटक हिमपात हवाई उडान प्रभावित

Khabarsabaiko बिहिबार, मंसिर २६, २०७६

हुम्ला
हुम्लामा दोस्रो पटक हिमपात विहिबार विहानबाट सुरु भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्ला सहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज विहान ६ बजेबाट हिमपात सुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान विहानबाटै प्रभावित भएको छ । आज विहानबाट हिमपात हुँदा जिल्लाको एक मात्रै यातायात सेवा हवाई जहाज उडान बन्द रहेको सिमकोट विमानस्थल श्रोतले जानकारी दिएको छ । नेपालगञ्ज सुर्खेतबाट विहान सातबजे देखि हुम्लामा उडान गर्दै आएको तारा,सिता, समिट एयरलाईन्सको उडानमा प्रभावित बनाएको छ ।

हुम्लामा आज विहानबाट हिमपात हुँदा चिसो अत्याधिक बढेको छ । हिमपातले यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकाम भन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । यहाँको तापक्रम माईनस ६ डिग्रीमा झरे सँगै विहान बेलुका बढी चिसो हुने गरेको छ । हिमपातले विहानी टिउसन लिदै आएका कैलाश बोर्डिङ्ग, र हिमाली बोर्डिङ्गका विद्यार्थीलाई समस्या बनाएको कैलाश बोर्डिङ्गका प्रिन्सीपल छवाङ्ग लामाले बताए ।

दोस्रो पटक हिमापात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाईदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको सर्केगाड गाउँपालिकाका फागुने महतराले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्