०१ आश्विन २०८१, मंगलबार

ताला फोडेर चामल वितरण

Khabarsabaiko शुक्रबार, पुष ०४, २०७६

हुम्ला

जिललाको खार्पुनाथ गाउँपालिकामा रहेको याङ्गचु वितरण केन्द्रमा चामल वितरण गर्दा अनियमितता भएको छ । नेपाल खाद्यय संस्थान हुम्लाले सदरमुकाम सिमकोटमा रहेका सिमकोट गाउँपालिका र बजारबासि बाहेक अन्य ५ वटा पालिकाका नागरीकहरुको सहजका लागी पालिका केन्द्रमा वितरण केन्द्र स्थापना गरेको छ ।

खाद्यय संस्थान शाखा सिमकोटबाट खाद्ययन्न लिदै आएका खार्पुनाथका नागरीकलाई यो पटक देखि खार्पुनाथ गाउँपालिको याङ्गचु बगरमा वितरण केन्द्र स्थापना भएको छ ।

वितरण केन्द्रमा चामल ढुवानी भएपछि याङ्गचुमा नै वितरण सुरुगरिएको हो । वडा एक देखि पाँच सम्म रहेका त्यहाँका स्थानीयलाई चामल वितरण गरेर सम्पन्न भएको छ । यहाँका स्थानीयलाई वितरण गरेर बाँकी रहेको चामलमा अनियमिता हुँदा कही युवा समुहले वितरण केन्द्रमा ताला समेत लगाएका हुन् । वितरण केन्द्रमा लगाएको ताला गाउँपालिकाअध्यक्षले कुनै सुनुवाई नगरेर ताला फोडी चामल कार्यकर्तालाई चामल वितरण गरेको स्थानीय शागर शाहीले बताए । खार्पुनाथ गाउँपालिकामा रहेका सबै नागरीकलाई समाबेशि तवरमा चामल वितरण गर्न नसक्दा लगाएको ताला आजै गाउाँपालिका अध्यक्षको नेतृत्वमा गएको टोलीले वितरण केन्द्रमा लगाएको ताला फोडेको स्थानीय शाहीले बताए ।

आउँदो महिनाको लागी वितरण गरिने ८८ बोरा चामल केन्द्रिय सदस्य जीवन बहादुरको चिटबाट वितरण केन्द्रनै खाली बनाएर लिएको स्थानीय शाहीले बताए । याङ्गचु बगरमा रहेको वितरण केन्द्रमा अहिले चामल भन्दा चामल विछाएको प्लाष्टिकको बोरा समेत लिएको उनले बताए ।

केही दिन अगाडी जिल्ला सदरमुकाम सिमकोटमा नेपाली कांग्रेसको शक्ति पर्दशनमा गएका कार्यकर्तालाई कर्णाली प्रदेशका प्रमुख प्रतिपक्षदलका नेता तथा केन्द्रिय सदस्य जीवन बहादुरको चिटलाई सिमकोटमा रहेको शाखा कार्यालयले याङ्गचुमा नै दिनुभनेपछि वितरण गरेको गाउँपालिका अध्यक्ष रावलले बताए । उनले भने सहायक प्रमुख जिल्ला अधिकारी फोन गरेर बुज्दा ताला फोडर चामल वितरण गर्नुभनेको निर्देशनले तालाफोडेर चामल वितरण गरेको रावलले बताए ।

पार्दशी ढंगले जिम्मेवार व्यक्तिले वितरण केन्द्रको चाम वितरण गर्नु पर्ने नेपाल खाद्यय संस्थान हुम्लाका प्रमुख राम बहादुर विष्टाले बताए । आफुले जसरी सिमकोटमा चामल वितरण गरेकोछु त्यसरी नै चामल वितरण सम्मान तवरमा गर्नुपर्ने विष्टले बताए ।

गाउँपालिका अधयक्षले हल्कारुपमा भनेपनि सबैको रोबहरमा लगाएको ताला काट्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए ।

आफुलाई अध्यक्षले हल्कारुपमा भनेको भएपनि लगाएको ताला काट्दा त्यहाँका स्थानीय, जनप्रतिनिधि, प्रहरी प्रशासनको रोवहरमा मुचुल्का उठाएर ताला काट्नु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी हमालले बताए । उनले भने राजनितीकको पार्टी गत नलिएर खार्पुनाथ गाउँपालिकाका नागरीकलाई सम्मान तरिकामा चामल वितरण गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी हमालले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्