१६ चैत्र २०८०, शुक्रबार

औपचारिक रूपमा ट्राफिक प्रहरी कार्यालय स्थापना

Khabarsabaiko बुधबार, पुष १६, २०७६

अहिलेसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिए पनि हुम्लामा औपचारिक रूपमा ट्राफिक प्रहरी कार्यालय स्थापना भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लामा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जना ट्राफिक प्रहरीको दरबन्दी रहेको छ ।

ट्राफिक प्रहरी कार्यालयको दरबन्दी स्वीकृत भएपछि बुधबार हुम्लामा औपचारिक रूपमा कार्यालय स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए । राष्ट्रिय सडक सञ्जालमा नजोडिए पनि जिल्लाको आन्तरिक सडकमा निकै अगाडिदेखि नै मोटरसाइकल, जिप, ट्रिपर, ट्याक्टर सञ्चालन हुँदै आएको छ । त्यस्तै अहिलेसम्म विभिन्न सवारी दुर्घटनामा १९ जनाले ज्यानसमेत गुमाइसकेका छन् । ट्राफिक प्रहरी कार्यालय स्थापना भएसँगै दुर्घटना न्यूनीकरणमा सहज हुने प्रहरीको अपेक्षा छ ।

यहाँ कमेन्ट गर्नुहोस्