२१ कार्तिक २०८१, बुधबार

एसइई टयुसन पढ्ने विद्यार्थीलाई सकस

Khabarsabaiko मंगलबार, पुष २२, २०७६

हुम्लामा चौथो पटक हिमपात भएसंगै जिल्ला सदरमुकाम सिमकोटमा एसइईको टयुसन पढने परिक्षार्थीलाई सकस बनाएको छ । चैत १२ गते हुन लागेको एसइईको टयुसन पढने परिक्षार्थीलाई अत्याधिक चिसोले पढ्न गाह्रो भएको हो । चिसोले लेख्न समेत समस्या भएको मानसरोवर माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा सोनाम छेतेन लामाले बताइन् ।
उनले भनिन् हिमपातका कारण चिसोले गणित,विज्ञान,अग्रेजी लगायतको कोर्ष पढाई नसकिने चिन्ता लागेको लामाले बताइन् । बिहान ७ बजेदखि दिउसो ११ बजेसम्म नियमित पढाई हुने गरेको भए पनि हिमपातका कारण लेख्न समेत समस्या हुने लामाको भनाई छ ।
जिल्लामा चौथो पटक सम्म हिमपात भएपछि एसइईका टयुसन पढ्ने परिक्षार्थीलाई चिसोले समस्या बनाएको मानसरोवर माध्यामिक विद्यालयका विज्ञानका शिक्षक टंक शाहीले बताए ।
सदरमुकाम सिमकोट जिल्लाका ७ वटै गाउँपालिका परिक्षार्थीहरु सिमकोटमा टयुसन पढ्न आएको शिक्षक शाहीको भनाई छ । हुम्लामा एसइई परिक्षा संचालन हुने ६ ओटा परिक्षा केन्द्र मध्ये ४ सय ९४ जना छात्र र ४ सय ९३ जना छात्रा गरि जम्मा ९ सय ८७ जना परिक्षार्थीहरुले टयुसन अध्ययन गर्दै आएका जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

विद्युतको मारमा एसइईका परिक्षार्थी:
५ सय किलोवाट क्षमता भएको हिल्दुम साना जलविद्युल आयोजनाले दैनिक ५ घण्टा लोडसेटिङ्ग गरेपछि जिल्ला सदरमुकाम सिमकोटमा एसइईको परिक्षा दिने परिक्षार्थी दोहोरो मारमा परेको विद्यार्थी चंखेलीका नन्द तामाङ्ग गुनासो रहेको छ । हिल्दुम साना जलविद्युत आयोजनाले लोडसेटिङ्ग गरेपछि अध्ययन गर्ने र खाना खान समेत समस्या भएको बताएका छन् ।
हिमपातका कारण यतिमात्र नभई हुम्लाका परिक्षार्थीहरुलाई विद्यार्थी गएर पठनपाठन गर्न समेत समस्या भएपछि कोठामै बसेर अध्यन गर्न बाध्य भएका छन् ।

##हुम्लामा चौथो पटक हिमपात ##

यहाँ कमेन्ट गर्नुहोस्