२९ भाद्र २०८१, शनिबार

कर्णालीका युवाः पुर्खाको कथा प्रस्तुत गर्दै

Khabarsabaiko बुधबार, माघ १५, २०७६

कर्णालीका युवाले पुर्खाले भोगेका सामाजिक समस्या चित्रण भएको अन्तर जातिय प्रेम कथामा अाधारीत भिडियो निर्माण गरेका छन् । भिडियोमा हुम्ला जिल्लाको पुरानो संस्कृती,चालचलन,भेषभुषा,रहनसहन रहेको छ ।

‘रातो टालो’ नाम दिइएको सो भिडियो आगामी फागुन २ गते अर्थात् फेब्रुअरी १४ भ्यालेन्टाइनका दिन काठमाडौंमा प्रिमियर हुँदैछ। निर्माण समूहले सार्वजनिक हुन लागेको भिडियोको पोस्टर सार्वजनिक गरेका छन् । सार्वजनिक पोस्टरमा युबिना भट्टराई र सूर्यबहादुर शाही फिचर्ड छन्।

भिडियोको निर्देशक डायमन्ड उप्रेती , सहनिर्देशक आश्मा पोखरेल ,छायांकन इतुशा पोखरेल र  सहछायांकन अविनाश लामाले  गरेका छन्।

कर्णालीको खस भाषामा आधारित रहेरको भिडियो, सामाजिक पुरानो संस्कार, चालचलन रहनसहन का साथै अन्तर जातिय प्रेम कथामा अधारित रहेको जगदीश हमालले जनाए ।

भिडियोमा हमालको कथा, गीत, संगीत र स्वर रहेकोछ। लोइथोको ब्यानरमा बनेको भिडियोमा जगदीश हमाल, शोभा शाही, सदिक्षा रोकाया र छिरिङ सोनाम लामाको अभिनय रहेकोछ। भिडियो हुम्लाको कथा भए पनि समग्रह कर्णालीको चालचलन र भाषा समेटेको निर्देशक डायमन्ड उप्रेतीले जनाए ।

 

यहाँ कमेन्ट गर्नुहोस्