०३ जेठ २०७९, मंगलबार

हुम्लामा साढे बाह्र हजारमा पुग्छ ग्याँस

Khabarsabaiko बुधबार, माघ २२, २०७६

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लामा एक सिलिन्डर ग्याँसको मुल्य १२ हजार रुपैया पर्ने गरेको छ ।
जिल्ला सदरमुकाम सिमकोटमा एक सिलिन्डरको १२ हजार रुपैया तिरेर उपभोग गर्दछन् । मुगु जिल्लाको गमगडीदेखि हुम्लाको सदरमुकाम सिमकोटमा खच्चरबाट ढुवानी हुने गरेको छ ।
लामो समय हिमपात भएपछि दाउराको समस्या हुदा मंहगो ढुवानी भएर आउने ग्याँस उपभोग गर्ने थालेको स्थानीय व्यापारी नाम्गेल तामाङले बताए । हिमपातले दाउरा समस्या छ एक सिलिन्डरको साढे १२ हजारमा किनेर पनि होटेल व्यवसाय गर्ने गरेको तामाङले भने ।
सदरमुकाम सिमकोट बजारमा सरकारी कार्यालयका कर्मचारी केही होटेल र केही स्थानीका घरमा ग्याँसका चुहलो बल्ने भएपछि ग्यास प्रयोग गर्ने संख्या बढेको व्यापारी लोकेन्द्र शाहीको भनाई छ ।
सदरमुकाम सिमकोट भन्दा बढी चंखेली गाउँपालिकामा ग्याँस खपत हुने गरेको शाहीले बताए । ग्याँसको सिलिन्डर सकिएपछि फेरी खच्चरबाट मुगुहुदै नेपालगञ्ज लिएर भरेर ल्याउने गरेको पाइएको छ । मुगु जान ४ दिन ४ दिन आउन लाग्छ, व्यापारी शाहीले भने ।

यहाँ कमेन्ट गर्नुहोस्