Khabarsabaiko शनिबार, माघ २५, २०७६
जिल्ला सदरमुकाम सिमकोटमा यतिबेला खानेपानीको समस्या भएको छ । सिमको गाउँपालिका वडा चारको सिमा क्षेत्रमा रहेको पानी ट्याङ्गकीमा बरफ जमेका कारण जिल्ला सदरमुकाम सिमकोटको माथिल्लो र तल्लो बजारमा खोनपानी समस्या भएको हो ।
ट्याङ्गकीमा जमेको बरफ निकाल्नका लागी बुधबार नेपाल प्रहरी , खानेपानी उपभोक्ता समितीका प्राविधिक टोलि खटिएता पनि नसकिएको खानेपानी उपभोक्ता समितीका सचिव राजु रोकायाले बताउनुभयो । तल्लो बजार र माथिल्लो बजारका थोरै मात्रका धारामा पानी आउने गरेको उनले बताए ।
बरफ जमेर पानी सप्लाइ नहुँदा तल्लो बजारमा रहेको प्रहरी लगायत अन्य नागरीकलाई समेत समस्या बनाएको छ । यस्तै माथिल्लो बजारमा रहेका केही धारामा मात्र पानी आउने भएकाले पानी थाप्नको लागी मानिसको भिड समेत लाग्ने गरेको छ । खानेपानी उपभोक्ता समितीका सचिव रोकायाका अनुसार ट्याङ्गकीमा जमेको बरफ नपग्लदा सम्म पानी नआउने उनले बताए ।
जमेको बरफ पग्लीए पछि मात्रै मर्मत गरेर पानी आउन सक्ने उनले बताएका हुन् । घरमा जडान भएका धारामा पानी नआउँदा पानीको खोजीका लागी बजार परिक्रम गर्नुपर्ने यहाँका स्थानीय विनिता महताराले बताउनुभयो । खानेपानीको अभावले व्यक्तिगत सरसफाइमा समस्या हुनुका साथै शौचालयसमेत दुर्ग्न्धित हुने सम्भावना बढी देखिएको अर्का स्थानीय बाँच सुनुवारले बताउनुभयो ।
आफ्नो धारामा पानी नहुँदा १० देखि १५ मिनेटको बाटो भएर बजारदेखि माथिल्लो बजारमा रहेको तीन धारामा गएर पानी ल्याउनुपर्ने अवस्था रहेको सुनारले बताउनुभयो । जिल्ला सदरमुकाम सिमकोटमा खानेपानीको अभाव भएपछि खानेपानीे उपभोक्त समितिले मर्मत जारी राखे तापनि मर्मत हुन नसकेको हो ।