१६ चैत्र २०८०, शुक्रबार

लेखापाल नहुँदा चार महिनादेखि कर्मचारीले तलब पाएनन्

Khabarsabaiko मंगलबार, माघ २८, २०७६

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत हुम्लाको सामाजिक विकास कार्यालयका कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन् ।

आफूहरूले लेखापाल नहुँदा कात्तिकदेखिको तलब पाउन नसकेको सामाजिक विकास अधिकृत दानबहादुर गुरुङले बताए । उनले लेखापाल नहुँदा कुनै कर्मचारीले तलब नपाएको जानकारी दिए । गत ८ कात्तिकमा कार्यालय उद्घाटन भएको थियो ।

कार्यालयमा सात जनाको स्थायी दरबन्दी भए पनि हाल ३ जना मात्र कर्मचारी छन् । जसमा २ जना कार्यालय सहयोगी र एक जना अधिकृत छन् । ‘लेखापालको दरबन्दी खाली छ । अहिलेसम्म कोही आएका छैनन्, लेखापाल नहुँदा सम्पूर्ण कारोबार रोकिएको छ,’ गुरुङले भने ।

यहाँ कमेन्ट गर्नुहोस्