१६ चैत्र २०८०, शुक्रबार

बिद्यालयलाई सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक सहयोग

Khabarsabaiko मंगलबार, फाल्गुण ०६, २०७६

डोल्पाका दुर्इ वटा बिद्यालयलाई सिटिजन्स बैंक इन्टरनेसनलले सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तरगत आर्थिक सहयोग गरेको छ । डाेल्पाको, ठुलिभेरी नगरपालिका वडा नं ३ मा पर्ने सरस्वती माध्यामिक बिद्यालय र मुकुटेश्वर अपाङ्ग सेवा समाज बिद्यालयलार्इ आर्थिक सहयोग गरेको हो ।

सरस्वती माध्यमिक विद्यालयमा भएको एक अाैपचारिक कार्यक्रम मार्फत बिद्यालयलार्इ पचास पचास हजारका दरले एक लाख रकमको चेक मार्फत सहयोग गरिएको सिटिजन्स बैंक इन्टरनेसनलका दुनै शाखाका प्रबन्धक नविन बोहोराले जानकारी दिए ।

सरस्वती माध्यामिक बिद्यालयका प्रधानाध्यापक सत्य नारायण सिंहले सहयोग रकम बाट बिद्यालयमा खेलकुद र सांगितिक सामाग्रिहरु व्यावस्थापन तथा खरिद गर्ने जनाए।

साथै आर्थिक अभाब भएका अपांगता बिद्यार्थिलाई सहयोगले पोषाक, शैक्षिक सामाग्रिहरु खरिद गर्न राहत हुने मुकुटेश्वर अपाङ्ग सेवा अध्यक्ष चन्द्रमान रोकायले बताए ।

कार्यक्रममा बोल्दै शाखा प्रबन्धक बोहोराले भने बैंकले नाफामात्रै नहेरेर प्रत्येक बर्ष सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताए । डोल्पामा २०७१ साल जेठ १० देखि सेवा दिदै अएको सिटिजन्स बैंक इन्टरनेसनलले पहिलो पटक यसरी बिद्यालयलाई आर्थिक सहयोग गरेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्