११ आश्विन २०८०, बिहिबार

हुम्लाका गैह्र सरकारी संस्थाद्धारा कोभिड–१९ रोकथाम समितिलाई ९ लाख ७६ हजार सहयोग

Khabarsabaiko शनिबार, बैशाख १३, २०७७

नन्द सिंह

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि  कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको कोषमा हुम्लाका  गैह्र सरकारी संस्थाहरुले ९ लाख ७६ हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गरेका छन् ।

सो कोषमा गुडनेबर्स इन्टरनेस्नलले १ लाख ५० हजार, किर्डाक नेपालले १ लाख १० हजार, स्नोल्याण्ड एकिकृत बिकास केन्द्रले १ लाख, नेपाल ट्रर्सले १ लाख, हेड नेपालले ५६ हजार २ सय ५०, सप्रोस नेपालले ५५ हजार, सिप नेपालले ५५ हजार, महिला कल्याण सेवाले ५० हजार ५ सय ५०, नेपाल अष्ट्रिया साझेदारी संस्थाले ५० हजार, हिमालय कन्जरभेसन डिभालोमेण्ट एसोशियसन हुम्लाले ५० हजार, आधार नेपालले ५० हजार, रिडर्स नेपालले ५० हजार, हिमाली बाल समाजले ५० हजार र हिमाली नबिन समाजले ५० हजार गरी जम्मा ९ लाख ७६ हजार ८ सय कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिलाई उपलब्ध गराउने निर्णय अनुसार विपत व्यवस्थापन समितिको खातामा रकम जममा गरि सकिएको समितिका सदस्य सचिब एबं स्नोल्याण्ड एकिकृत बिकास केन्द्रका कार्यकारी निर्देशक गोबिन्द शाहीले बतानु भयो ।

गैह्र सरकारी संस्थाहरुले कोरोना भाईरसबाट जिल्लामा आईपर्ने संकट तथा असहज परिस्थितिको समयमा सामाजिक हितलाई ध्यानमा राख्दै  सहयोगका लागि  हतेमलो गरेको सप्रोस नेपालका हुम्ला संयोजक उमेश साउतले बताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: