०१ कार्तिक २०७८, सोमबार

गोठालो जाँदा भिरबाट लडेर शक्त घाइते

Khabarsabaiko मंगलबार, बैशाख १६, २०७७

हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा पाँच निवासी रामसिंह रोकाया गोठालो जाँदा भिरबाट लडेर शक्त घाइते भएका छन् । सोमबार दिउँसो गाउँ नजिकैको वनमा गाइवस्तु गोठालो गएको समयमा भिरबाट लडेर सक्त घाइते भएका हुन् ।

सोमबार लडेर घाइते भएका रोकायालाई आज विहान जिल्ला अस्पताल सिमकोटमा ल्याएको आफन्तहरुले जानकारी दिएका छन् । अहिले जिल्ला अस्पतालमा उपचार गराइरहेका रोकायाले राम्रो सँग स्वास फेर्न नसकेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताएकी छन् ।

उनका अनुसार विरामी रोकायाले कान सुन्ने, इन्जेक्सन दिएको थाहा पाएको भएता पनि त्यति सारो होसमा आउन नसकेको बोहराले बताएकी छन्।

यहाँ कमेन्ट गर्नुहोस्