१६ चैत्र २०८०, शुक्रबार

केही हुम्लीको गाडीद्धारा उद्धार भए पनि हवाईद्धारा उद्धारका लागि गृहमन्त्रालयको परिपत्र भने अझैं आएन

Khabarsabaiko मंगलबार, बैशाख १६, २०७७

नन्द सिंह, हुम्ला

सुर्खेतमा रहेका केही हुम्लीहरुको उद्धार गरिएता पनि नेपालगञ्ज र काडमाडौँमा रहेका हुम्लीहरुको लागि भने हवाई जाहाजद्धारा पहलका लागि कदम मात्र चलाइएको तर गृह मन्त्रालाएको आधिकारीक परिपत्र भने नआई सकेको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको भनाई छ ।

हुम्लाबासीलाई कर्णाली प्रदेश सरकारले सुर्खेतबाट उद्धार कार्य सुरु गरेपछि जिल्लामा आई पुगेका त छैनन् तै पनि पुगेको अवस्थामा क्वारेन्टाईनमा राखनलाई भने ठूलो समस्या हुने देखिएको छ । कर्णाली प्रदेशको सुर्खेतबाट २ सय ९५ जना हुम्ला बासीलाई सात वटा गाडीमा उद्धार गरिदा हुम्लाका गाउँपालिकासंग भएका सिमित क्वारेन्टाईनमा यतिखेर उनिहरुलाई राख्न समस्या हुने भएको छ ।

उद्धार गरिएका हुम्ली जनताहरु आफ्नै आर्थिकमा गाडी चढेर आउन बाध्य भएका छन् । एउटा गाउँपालिकामा बढीमा ५० वार्डको क्वारेन्टाईन रहेको छ । त्यो पनि सबै गाउँपालिकामा होइन । कुनैले त १० वटा मात्र क्वारेन्टाईन वार्ड स्थापना गरेका छन् । उनीहरुको लागि जिल्ला बाहिरबाट उद्धार गरिएका नागरिकलाई क्वारेन्टाईनमा राख्नु निक्कै चुनौती हुनेछ । वैशाख १५ गते कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालयबाट चंखेली, अदानचुली, सर्केगार्ड, खार्पुनाथ र सिमकोट गाउँपालिकाका गरि २ सय ९५ जना नागरिकलाई सुर्खेतबाट मुगुसम्म गाडीमा उद्धार गरिएको छ । उनीहरु सबै तीन देखि पाँच दिनसम्म आ आफ्नो गाउँ पालिकामा पुग्नेछन् । तर पाँच वटै गाउँपालिका गरि १ सय २० भन्दा बढी क्वारेन्टाईन छैनन् । नयाँ क्वारेन्टाईन ब्यबस्थापन गर्ने तर्फ पनि सुरसार छैन ।

पछिल्लो उद्धारको लटमा ठुलो संख्यामा महिला र बालबालिकाहरु रहेका छन् । त्यो पनि ब्यबस्थापन गर्न चुनौती देखिएको छ । जिल्ला बिपद ब्यबस्थापन समितिले एक ठाउँमा उद्धार गरिएका नागरिकहरुलाई क्यारेन्टाईनमा ब्यबस्था गरेर राख्न कठिन हुने भन्दै सम्बनिधत वडाले जिम्मा लिनु पर्ने निर्णय यस अघि नै गरि सकेको छ । त्यसै गरि वैशाख १७ गतेबाट नेपालगंज र सुर्खेतदेखि हवाई मार्गबाट माथिल्लो हुम्लाका नागरिकलाई उद्धार गर्ने तयारी भै रहेको छ । त्यसमा २ सय भन्दा बढी हुम्ली आउने छन् । यसअघि पनि भारत तथा देशका अन्य भागहरुबाट हुम्ला भित्रिनु भएका ९ सय १२ जना मध्य ११७ जना मात्र क्यारेन्टाईनमा बस्नु भएको थियो । अन्य सबै गाउँ पुग्ने बित्तिकै आ आफ्नो घरपरिवारका सदस्यहरुसंग बस्दै आएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्