१६ आश्विन २०८१, बुधबार

करेन्ट लागेका बालकको कर्णाली सरकारका सामाजिक विकास मन्त्रीले गरे उद्धार

Khabarsabaiko आइतबार, बैशाख २८, २०७७

हुम्ला– करेन्ट लागेर हातको उपचार जिल्लामा हुन नसकेर लकडाउन र गरिबीले थला परेका बालकको कर्णाली प्रदेश सरकारले उद्धार गरेको छ । दुर्गम जिल्ला हुम्लामा चिकित्सक सहित हुम्लाको सर्केगाड गाउँपालिका पुगेका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सर्केगाड–६ बराई गाउँका भक्तराज बुढाथोकीको हेलिकप्टरबाट उद्धार गरेका छन् ।

करेन्ट लागेका बालको हातको उपचार जिल्ला हुन नसकेपछि लकडाउनका बेला जिल्ला बाहिर थप उपचार गर्न आर्थिक नहुदा समस्या भएको थियो । आइतबार हुम्लाको सर्केगाड पुगेका सामाजिक विकास मन्त्री दल रावलले बालकको उपचार चिन्ता नलिन बालकको घरपरिवारलाई प्रतिवद्धता गरेका छन् । उपचारको व्यवस्थाका लागि मन्त्री रावल र कर्णाली विज्ञान प्रतिस्ठान प्रमुख डाक्टर मंगलले उपचार व्यवस्था मिलाउने बताएका छन् । लकडाउनले विद्यालय बन्द भएपछि ७ वर्षीय बालक गाई चराउन गएका बेला विद्युतको तार छुने क्रममा करेन्ट लागेको बालकका बुबा तुला बुढाथोकीले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्