११ आषाढ २०८१, सोमबार

कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको निधन

Khabarsabaiko शनिबार, आश्विन २७, २०७५

असोज२७गते शनिबार २०७५काठमाडौं

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ । शनिबार राति ९ बजेर २० मिनेटमा नेता बास्तोलाको उनको निवास खुमलटारमा निधन भएको पारिवार श्रोतल बताएको छ । उनको निधन भएको खबर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराउनुभयो ।बास्तोला झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा थिए । १४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोलालाई ब्रेन अट्याक भएको थियो ।अवस्था गम्भीर भएपछि उनलाई शनिबार मध्याहृन बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले ४ बजे डिस्चार्ज गरेर उनलाई खुमलटारस्थित निवास लगिएको थियो ।भारतको मेदान्त अस्पतालमा सात महिना उपचारपछि उनलाई घर ल्याइएको थियो । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराउँदा पनि उसको होस आएको थिएन ।नेपाली कांग्रेसका पुराना नेता बास्तोलाका श्रीमति र दुई छोरी छन्।

यहाँ कमेन्ट गर्नुहोस्