About Contact Links
Close
बिज्ञापन
नेपालमा आज एकैदिन ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्

खबर सबैको मंगलबार, बैशाख ३०, २०७७ मा प्रकाशित

नेपालमा आज एकैदिन ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्। उनीहरू सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्। तीमध्ये ३३ जना उपचार गरी घर फर्किएका छन्। उपचार गरेर घर गएका तीन जनामा फेरि कोरोनाभाइरसको संक्रमण देखिएपछि उनीहरू अहिले अस्पतालमा उपचार गरिरहेका छन्।

मन्त्रालयका अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७