२४ मंसिर २०८०, आइतबार

कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ।

Khabarsabaiko मंगलबार, जेठ २०, २०७७

कर्णाली प्रदेशमा मंगलबार २९ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन्  ।नयाँ पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ ।

प्रदेश अस्पताल सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९ र ९ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

पुष्टि हुनेमा वीरेन्द्रनगर नगरपालिका १ का १७ देखि ५० वर्षसम्मका ८ जना, वडानम्बर ३ का १४ देखि ३३ वर्षसम्मका ३ जना रहेका छन् । सल्यानको दार्मा गाउँपालिका १ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर २ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर ३ का ३५ र ३९ वर्षका पुरुष, वडानम्बर ४ का ३८, ४० र ५० वर्षका ४ जना पुरुष रहेका छन् । यस्तै अछामको मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका ४ का २२, २४, २७,२९, ३५ र ४० वर्षका ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना पुष्टि भएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: