११ आश्विन २०८०, बिहिबार

ब्राजिल १० लाख भन्दा बढी कोरोना संक्रमित भएको दोश्रो देश बनेको छ।

Khabarsabaiko शनिबार, आषाढ ०६, २०७७

ब्राजिल १० लाख भन्दा बढी कोरोना संक्रमित भएको दोश्रो देश बनेको छ। यसअघि अमेरिकाले यो आँकडा पार गरेको थियो।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कीर्तिमानी संख्यामा नयाँ संक्रमित फेला परेको जनाएको छ।मन्त्रालयका अनुसार बितेका २४ घण्टामा ५४ हजार बढी संक्रमित फेला परेका छन्।

वर्ल्डमिटरका अनुसार ब्राजिलमा कोरोना संक्रमितको संख्या १० लाख ३८ हजार ५ सय ६८ पुगेको हो। यसैगरी त्यहाँ लगातार चौथो दिन १२ सय मानिसको कोरोनाका कारण मृत्यु भएको तथ्यांकमा छ।

वर्ल्डमिटरका अनुसार ब्राजिलको मृतक संख्या ४९ हजार ९० पुगेको छ।

 

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: