०३ कार्तिक २०८१, शनिबार

सत्ताको किचलो !

Khabarsabaiko सोमबार, आषाढ २९, २०७७

गजल न:२
आउ यस्तै हो,खेतमा अलिअली त हिलो हुन्छ
यो देशको माटोमा खेल्दा कति रमाइलो हुन्छ

नलजाउ आउ तिमि मेरो हात समाउ घर बसाउ(२)
यदि आज आएनौ भने भोलि धेरै नै ढिलो हुन्छ

भन्नेले यसै भने र मैले सानैमा बिहे गरे,आखिर(२)
गर्न मात्र गार्हो हो भन्न त सबैलाइ सजिलो हुन्छ

पाप लाग्छ नटिप ति कलिला कोपिला,मुनाहरुलाइ(२)
पाकेपछि माग्न मिल्छ काचो आप अमिलो हुन्छ

बिध्यालय हिड्नेहरुलाइ बारुद्द र पथ्थर नबोकाउ(२)
मलिलो माटो हो कलिलो दिमाख धेरै नै गिलो हुन्छ

तिमी योजना लिएर जिवनमा यसरी अघि बढ(२)
जसरी बिउ रोप्नु अघाबै जमिन मलिलो हुन्छ
आउ यस्तै हो,खेतमा अलिअली त हिलो हुन्छ
यो देसको माटोमा खेल्दा कति रमाइलो हुन्छ

हेर यदि हार नखाने हो भने मान्छेको ब्यवहार हेर(२)
बोल्न पैसा लाग्दैन बोलि त सबैको गतिलो हुन्छ
आउ यस्तै हो,खेतमा अलिअली त हिलो हुन्छ
यो देसको माटोमा खेल्दा कति रमाइलो हुन्छ

हो तिमिले धेरै माया गरेरै माया नपाएको हो हो(२)
गुलियो चिनी पनि धेरै खायो भने तितो हुन्छ
आउ यस्तै हो,खेतमा अलिअली त हिलो हुन्छ
यो देसको माटोमा खेल्दा कति रमाइलो हुन्छ

कुकुरले चोरेको मासु र गुमा के मिठास छर हजुर(२)
मजदुर हौ हामी हाम्रो त पसिना पनि स्वादिलो हुन्छ
आउ यस्तै हो,खेतमा अलिअली त हिलो हुन्छ
यो देसको माटोमा खेल्दा कति रमाइलो हुन्छ

✍️बिद्रोही कवि सुजन बुढाथोकी

यहाँ कमेन्ट गर्नुहोस्