०१ कार्तिक २०७८, सोमबार

कार्णाली प्रदेश प्रतिपक्ष दलका नेता जीवनबहादुर शाही कोरोनाबाट संक्रमित

Khabarsabaiko मंगलबार, आषाढ ३०, २०७७

कर्णाली प्रदेशसभा प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण भएको पुष्टी छ ।

प्रतिपक्ष दलका नेता शाहीलाई दुई दिन अघि गरिएको स्वाव परीक्षणमा कोरोना पुष्टी भएको कणर्ाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

शाहीलाई कोरोना पुष्टी भएको र उनको सम्पर्कमा आएका व्यक्तिको कारोना परीक्षण गरिने डा. तिवारीले जानकारी दिए । प्रमुख प्रतिपक्ष दलका नेतामा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास छाएको छ ।

संसदीय समितिका बिभिन्न बैठकमा जाने आउने गरेका शाही संसद बैठकमा उपस्थित हुने गरेका थिए ।

###यो समाचार नयाँ पत्रिका अनलाइन बाट साभार गरिएको हो

यहाँ कमेन्ट गर्नुहोस्