About Contact Links
Close
बिज्ञापन
मलाइ किन तिम्रो तस्बिर मन पर्छ?

Khabarsabaiko बुधबार, साउन २१, २०७७ मा प्रकाशित

पहाड डाकाकाडा र भिर मन पर्छ
मलाइ किन तिम्रो तस्बिर मन पर्छ
तलको तराइ,अनि सबैभन्दा माथी
मलाइ सगरमाथाको शिर मन पर्छ
पहाड डाकाकाडा र भिर मन पर्छ
मलाइ किन तिम्रो तस्बिर मन पर्छ?
म सागर यसैले भएको हु कि कुनै दिन
उन्ले भनेकी थिन गम्भीर मन पर्छ
पहाड डाकाकाडा र भिर मन पर्छ
मलाइ किन तिम्रो तस्बिर मन पर्छ?
मैले मनै देखी उस्को मन,मन पराए
तर,उस्लाइ भने मेरो शरीर  मन पर्छ
पहाड डाकाकाडा र भिर मन पर्छ
मलाइ किन तिम्रो तस्बिर मन पर्छ
दलालहरुले मेरो जिबो नै काटिदिए,मैले
यत्ती भनेको थिए कि युधिस्ठिर मन पर्छ
पहाड डाकाकाडा र भिर मन पर्छ
मलाइ किन तिम्रो तस्बिर मन पर्छ?
मेरि आमालाइ घर चलाउने बुहारी भए पुग्छ रे
हुनेवाला सासुलाइ भने सर्कारी जागिर मनपर्छ
पहाड डाकाकाडा र भिर मन पर्छ
मलाइ किन तिम्रो तस्बिर मन पर्छ?
जब राम्रो ब्यहवार गर्दै गर्दैन,तलब दिएकै छैन
काम्दारलाइ कसरी कम्पनिको मुदिर मनपर्छ
पहाड डाकाकाडा र भिर मन पर्छ
मलाइ किन तिम्रो तस्बिर मन पर्छ?
✍️बिद्रोही कवि सुजन बुढाथोकी

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७