पदम राज हमाल, काठमाडाैं बुधबार, बैशाख २८, २०७९
 
स्थानीय तहको निर्बाचन अन्तर्गत मदान गर्न केही घण्टा बाँकी रहँदा मंगलबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । निर्वाचनको मौन अवधिअगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री साथै सामाजिक सञ्जालमा रहेका आचारसंहिताविपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ।
निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा के गर्न पाइँदैनः
●मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा(सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुने
●निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने
● मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने
● एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने
●मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने
आयोग ले यो नियम लगाईरहदा निर्बाचन आचार सम्हिता कतिको लागू हुन्छ त्यो हेर्न बाकी छ।
विस्तृतमा हेराैं


 
 
								 
								 
								 
								 
   
   
   
   
   
  