२० कार्तिक २०८२, बुधबार

 बालबालिकाको भविष्य सुदृढीकरणका लागि कार्यशाला सम्पन्न

समाचारदाता, कालिकोट , कार्तिक १८ मंगलबार, कार्तिक १९, २०८२

बालबालिकाको अधिकार, नेतृत्व विकास र भविष्य सुदृढीकरणका लागि रास्कोटका ३ वटा विद्यायमा १३ देखि १९ वर्ष समुहका बालबालिका लाइ जीवन वृत्त योजना परामर्श तथा लक्ष्य निर्धारण कार्यशाला म‌‌‌गलबार सम्पन्न भएको  छ। उक्त तालिम प्लानको सहयोगमा, मानव अधिकार तथा वतावरण विकास केन्द्र, हुरन्डेकको आयोजनामा सम्पन्न गरिएको हो।

कार्यक्रममा सहभागी बालबालिकालाई जीवनआत्मविश्वास वृद्धि, नेतृत्व सीप, अधिकार र कर्तव्यबारे जानकारी दिइएको थियो। साथै, तालिमले बालबालिकालाई विद्यालय तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने व्यवहारिक उपाय सिकाएको प्रशिक्षक उमाशंकर अचार्य ले जानकारी दिनुभयो।

तालिममा सहभागी विद्यार्थी पुजा बम ले आज तालिममा आफ्ना अभिभावकको दुख जुन आफुलाइ त्याहाँ पुगाउन गर्नु भो त्यो महसुर भएको र भविष्य बारे  देखेका सपना अव पुरार्न लाग्ने कुरा उहाँले भन्नु भयो ।

काला शिल्ला माध्यामिक  विद्यालयका प्रध्यानाध्यापक देवराज चौंलागाई अनुसार बालबालिकाले अहिलेबाटै नेतृत्व सीप सिकेमा भविष्यमा उनीहरूले समाजमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

रास्कोटमा रहेका बालबालिकाले अफ्नो भविष्यको सपना आफै देखुन् र सपना अनुसार जीवनलाइ अगाडि वढाउन् भन्ने उध्येश्यले रास्कोटका ३ माध्यामिक तहका बालबालिका लाइ तालिम दिएको शसक्त बालिका परियोजना संयोजक पदम हमालले जनाउनु भयो ।

रास्कोटका बडिमालिका, कालाशिल्ला र मोतिराम माध्यामिक विद्यालयमा यो कर्यक्रम सञ्चालन भएको थियो, कार्यक्रममा करिब १९० बालबालिका सहभागी भएका थिए।

यहाँ कमेन्ट गर्नुहोस्